2 years ago
June 12, 2024
फ्लोरिडा (हाम्रो खेलकुद)- नेपाल र श्रीलंकाबीच मंगलबार हुने टि ट्वान्टी विश्वकपको समूह चरणको खेल वर्षाले प्रभाव पार्ने सम्भावना बढेको छ ।
समूह डीमा नेपाल र श्रीलंकाबीच स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान ५:१५ बजे) बीच सुरु हुने तालिका छ।
नेपाल र श्रीलंका दुबै अंक विहिन छन् ।
नेपालले नेदरल्याण्ड्सको पहिलो खेल गुमाएको थियो। पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित श्रीलंकाले बंगलादेशसँगको खेल पनि गुमाएको थियो।
पहिलो जितको अपेक्षासहित उत्रने नेपाल र श्रीलंकाबीच दुवै टोलीलाई फ्लोरिडाको ब्रोवार्ड काउन्टीको मौसम अनुकूल हुने सम्भावना कम छ। खेल हुने स्टेडियम क्षेत्रमा विहानदेखि नै निरन्तर वर्षा भइरहेको छ ।
नेपाल र श्रीलंकाको खेल हेर्नका लागि अमेरिकाका विभिन्न राज्यबाट समर्थक यहाँ आएका छन्
। नेपाल र श्रीलंका पहिलो पटक एकअर्का विरुद्ध खेल्दै छन्।
अमेरिकाका ३ स्थानमा विश्वकपका खेल सन्चालन भएका छन्। डालासमा ४ खेल सम्पन्न भइसकेका छन् भने फ्लोरिडामा नेपाल र श्रीलंकाबीच पहिलो खेल हुँदैछ। न्युयोर्कमा पनि विश्वकपका खेल भइरहेका छन्।
समूह चरणका अन्तिम २ खेलका लागि नेपाली टोली वेस्ट इन्डिज जानेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]