default_image

1 month ago

June 13, 2024

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा

1742 views

0 Bookmark

एजेन्सी – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह सी को खेलमा आयोजक वेस्ट इन्डिजले न्युजिल्यान्डमाथि रोमान्चक जित दर्ता गरेको छ । यस जितसँगै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको छ ।

समूहको लगातार तेस्रो जित दर्ता गर्ने क्रममा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले खराब सुरुवात गरेपनि शेर्फान रदरफर्डको आक्रामक इनिङमा १ सय ४९ रनको राम्रो योगफल खडा गरेको थियो ।

एक समय ३०-५ को स्थितिमा रहेको वेस्ट इन्डिजलाई रदरफार्डले ३९ बलमा नटआउट ६८ रनको इनिङ खेल्दै उकासे । उनले २ चौका र ६ छक्का प्रहार गरेका थिए । अन्तिम विकेटका लागि गुदाकेश मोटीसँग इनिङकै सर्वाधिक १३ बलमा ३७ रनको साझेदारी गरे । उक्त साझेदारीमा मोटीले मात्र १ बल खेलेका थिए ।

वेस्ट इन्डिजका ब्रान्डन किंग ९, जोन्सन चार्ल्स ०, निकोलस पुरन १७, रोस्टन चेज ० र रोभमान पावेल १ रनमा आउट भएका थिए । अकिल होसेनले १५, आन्द्रे रसलले १४ तथा रोमारियो सेफर्डले १३ रन बनाए । ट्रेन्ट बोल्टले ३ विकेट लिँदा टिम साउथी र लोकी फर्गुसनले २-२ विकेट लिए ।

जवाफमा न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र जोड्यो । मध्यक्रममा ग्लेन फिलिप्सले ४० रन जोड्नुबाहेक अन्य शीर्ष ब्याटरले राम्रो खेल्न सकेनन् । मिचेल सान्टनरले अन्तिम ओभरमा ३ छक्कासहित १२ बलमा नटआउट २१ रन बनाए ।

वेस्ट इन्डिजका अल्जारी जोसेफले ४ विकेट लिए । गुदाकेश मोटीले ३ विकेट हात पार्दा अकिल होसेन र आन्द्रे रसलको नाममा १-१ विकेट रह्यो ।

वेस्ट इन्डिजको ३ खेलमा ६ अंक पुगेको छ । अफगानिस्तान २ खेलमा ४ अंक तथा युगान्डाको ३ खेलमा २ अंक छ । न्युजिल्यान्ड र पपुवा न्यु गिनी दुवैले २ खेलमा अंक जोड्न सकेका छैनन् । अफगानिस्तानले अब बाँकी २ खेलबाट एक अंक जोडेमात्र सुपर ८ मा स्थान बनाउनेछ ।

हालसम्म वेस्ट इन्डिजसँगै समूह ए बाट भारत, बी बाट अष्ट्रेलिया र डी बाट दक्षिण अफ्रिका सुपर ८ मा छनोट भएका छन् ।

July 23, 2024

आइसीसी निर्णयले नेपालको विश्वकप यात्रा सहज

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को सोमबार बसेको बोर्ड बैठकले महिला तथा पुरुष विश्वकपको छनोट प्रतियोगितामा गरेको परिवर्तनले नेपाललाई केही सहज हुने देखिएको छ । आइसीसीले सन् २०२६ मा हुने आइसीसी मेन्स टि२० विश्वकपका लागि क्षेत्रीय छनोटबाट विश्वकप पुग्ने ८ टोलीको छनोट प्रक्रियामा थोरै परिवर्तन गरेको छ । जसअनुसार अब युरोप र […]

July 23, 2024

 नेपाल र भारत भिड्दै 

काठमाडौँ (हाम्रो खेलकुद) – एसिसी महिला एशिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल भारत विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ । १-१ खेल बाँकी रहँदा समूह ए मा नेपाल र पाकिस्तानको समान २-२ अंक छ । भारतले २ खेल जितिसकेको छ । युएईले […]

July 21, 2024

नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तान विरुद्ध ९ विकेटले पराजित भएको छ । प्रतिस्पर्धात्मक लक्ष्य पाएको पाकिस्तानले लक्ष्य १ विकेट गुमाएर पुरा गरेको हो । नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा पुरा गर्यो । पाकिस्तानका लागि ओपनर गुल फेरोजाले ३५ बलमा १० […]

Success

Thank you for your time.