2 years ago
June 14, 2024
सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद)- आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको आफ्ना अन्तिम २ का लागि बिहीबार स्थानिय समय अनुसार दिउँसो ३:३० बजे सेन्ट भिन्सेन्ट आइपुगेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको फ्लोरिडाको खराब मौसमका कारण बुधबार रोकिएको थियो।
फ्लोरिडाबाट नेपाली टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट आउने तालिका रहेपनि लगातारको वर्षाका कारण उडान रद्द भएको थियो।
लगातारको वर्षाकै कारण नेपाल र श्रीलंकाबीच मंगलबार फ्लोरिडामा हुने खेल पनि रद्द भएको थियो।
सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिका बीच जुन शुक्रबार (नेपाली समय अनुसार शनिबार बिहान ५:१५ बजे) र नेपाल र बंगलादेशबीच आइतबार (नेपाली समय अनुसार सोमबार बिहान ५:१५ ) हुने तालिका छ।
आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। समूहबाट ६ अंकसहित दक्षिण अफ्रिका सुपर एटमा पुगिसकेको छ। बंगलादेशको ४ अंक छ। नेदरल्याण्ड्स २ अंक तथा नेपाल १ अंक छ । १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]