default_image

2 years ago

June 14, 2024

सन्दीपसहित नेपाली क्रिकेट टोलीले अभ्यास गर्यो

1903 views

0 Bookmark

प्रकाश तिमल्सिना, सेन्ट भिन्सेन्ट

आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको‌ आफ्ना अन्तिम २ का लागि बिहीबार सेन्ट भिन्सेन्ट आइपुगेको नेपाली टोली स्पिनर सन्दीप लामिछाने सहित अभ्यास गरेको छ।

दक्षिण अफ्रिकासँग शुक्रबार स्थानीय समय अनुसार साँझ ७:३० बजे (नेपाली समय अनुसार शनिबार बिहान ५:१५ बजे) खेल‌ हुने मैदान आर्नस भेलमा बिहीबार साँझ ६:१५ बजेबाट अभ्यास सुरु गरेको छ।

नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई‌ भिसा नदिएपछि उनले अमेरिका भ्रमण गर्न पाएनन् । अन्तिम २ खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई क्यानाडा हुँदै सेन्ट भिन्सेन्ट पठाएको बताइएको छ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सन्दीपले पछिल्लो केहि महिनाअघि प्रतिस्पर्धात्मक क्रिकेट नखेले पनि उनको खास फरक नपर्ने बताएका छन् । ‘सन्दीप दाई लामो समयदेखि व्यवसायिक क्रिकेट खेलिराख्नु‌ भएको छ । त्यसैले केहि‌ समय नखेलेर फरक‌ पर्दैन,’ रोहितले प्रि म्याच कन्फ्रेन्समा भने ।

रोहितले बाँकी २ खेलमा राम्रो खेलेर अघि बढ्ने सम्भावना रहेको उल्लेख गर्दै भने,’ दक्षिण अफ्रिकासँग हामी पहिलो पटक खेल्दैछौं। उनीहरूलाई‌ कम स्कोरमा रोकेर चेज गर्ने लक्ष्यसहित उत्रनेछौं।’

दक्षिण अफ्रिकाका बलर कागिसा रबाडाले सन्दीप अनुमान गर्न नसकिने उत्कृष्ट स्पिनर रहेको जनाउँदै आफूहरुले खेल्ने कुनै‌ टोलीलाई कमजोरी नठान्ने बताए। सन् २०१७/१८ मा सन्दीप र रबाडा आइपिएल टोली दिल्लीमा थिए।

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालत पाटनले गत महिना सफाई दिएपछि क्यानले निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप टोलीमा‌ समावेश गरेको थियो।

प्रतिश जिसीलाई हटाउँदै उनको ठाँउमा सन्दीपलाई १४ मा राखिएको छ। उनी दक्षिण अफ्रिकाको प्लेइङ ११ मा पर्ने सम्भावना छ। नेपालले सुपर ८ पुग्नका‌ लागि अन्तिम २ खेल जित्नै पर्ने हुन्छ।

नेपाली टोली बिहीबार स्थानिय समय अनुसार ३:३० बजे सेन्ट भिन्सेन्ट आइपुगेको थियो । क्रिकेट टोली अमेरिकाको‌ फ्लोरिडाको खराब मौसमका कारण बुधबार रोकिएको थियो।

अमेरिकाको फ्लोरिडाबाट नेपाली‌ टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट आउने तालिका रहेपनि लगातारको वर्षाका कारण उडान रद्द भएको थियो।

लगातारको‌‌ वर्षाकै कारण नेपाल र श्रीलंकाबीच मंगलबार फ्लोरिडामा हुने खेल पनि रद्द भएको थियो।
सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिका बीच जुन शुक्रबार (नेपाली समय अनुसार शनिबार बिहान ५:१५ बजे) र नेपाल र बंगलादेशबीच आइतबार (नेपाली समय अनुसार सोमबार बिहान ५:१५ ) हुने तालिका छ।

आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले‌ पराजित भएको थियो। समूहबाट ६ अंकसहित दक्षिण अफ्रिका सुपर एटमा पुगिसकेको छ। बंगलादेशको ४ अंक छ। नेदरल्याण्ड्स २ अंक तथा नेपाल १ अंक छ । १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.