2 years ago
June 17, 2024
सन्ट भिन्सेन्ट (हाम्रो खेलकुद)- टि ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली यहाँबाट आज फर्कदै छ।
सेन्ट भिन्सेन्टबाट अमेरिकाको फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं पुग्ने टोली नेता तथा नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले जानकारी दिए। हवाई टिकटका कारण टोली दुई समूह गरेर काठमाडौं पुग्ने बताइएको छ।
विश्व कप तयारीकै सिलसिलामा यता आएको नेपाली टोली झन्डै डेढ महिनापछि स्वदेश फर्कन लागेको हो । सुरुमा नेपालबाट फ्लोरिडा पुगेको नेपाली टोली ३ वटा अभ्यास खेलका लागि सेन्ट भिन्सेन्ट आएको थियो।
यहाँ विन्डवार्ड भोलक्यानोजसँँग २-१ को जितपछि थप २ अभ्यास खेलका लागि टेक्सासको हुस्टन पुगेको थियो। त्यहाँ हुस्टन हरिकन्सलाई २-० ले हराएपछि टोली विश्वकपका लागि डालास पुगेको थियो। त्यसपछि नेपाली टोलीले वार्नअपसहित कुनै खेल जितेन ।
जुन २७ मा क्यानाडासँगको वार्म अप खेल हारेको नेपाली टोलाीले जुन ४ मा नेदरल्यान्ड्ससँगको विश्व कपको पहिलो खेल ६ विकेटले गुमाएको थियो। जुन ११ मा श्रीलंकासँग जुन ११ को खेल वर्षाका कारण रद्द भएपछि टोली जुन १३ मा सेन्ट भिन्सेन्ट आइपुगेको थियो।
जुन १४ मा दक्षिण अफ्रिकासँगको रोमान्चक खेलमा १ रनले पराजित भएसँगै नेपाली टोली विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो। समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्राको अन्त्य गरेको छ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]