1 year ago
June 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले विश्व वरियतामा अहिलेसम्मकै उच्च वरियतामा उक्लिएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले हालै जारी गरेको टि ट्वान्टी आईको अलराउन्डरतर्फको वरियतामा दीपेन्द्र छैटौं स्थानमा रहेका छन्। यस अघि उनी नवौं स्थानमा थिए।
टि ट्वान्टी आईको अलराउन्डरको शीर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोईनेस उक्लिएका छन् । श्रीलंकाका वानिन्दु हसरंगाले दोस्रो, बंगलादेशकासकिब अल हसन तेस्रो, अफगानिस्तानका मोहम्मद नाबी चौथो र जिमबावेका सिकन्दर राजा पाँचौं स्थानमा छन्।
दीपेन्द्रले भारतका हार्दिक पान्ड्या, इङ्ल्यान्डका लियाम लिभिङस्टोन, मोइन अली, दक्षिण अफ्रिकाका कप्तान एडेन मारकमलाई पछि पारेका छन् ।
वेस्ट इन्डिजमा जारी टि ट्वान्टी विश्वकपमा दीपेन्द्रले समूह चरणका ३ खेलमा ६ विकेट लिनुका साथै ३२ रन बनाए थिए। अन्तिम खेलमा बंगलादेशविरुद्ध ३ विकेट लिँदै २५ रन बनाएका उनले दक्षिण अफ्रिकाविरुद्ध २ विकेट र ६ रन तथा नेदरल्यान्ड्ससँग १ विकेट र १ रन बनाएका थिए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]