1 year ago
June 27, 2024
एजेन्सी – साविक विजेता इङ्ल्यान्डले उपाधि रक्षाको यात्रा जारी राख्दै आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनल प्रवेशका लागि आज भारत विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ बजे गयानामा सुरु हुनेछ ।
निकै उत्सुकताका साथ हेरिएको यस खेलमा वर्षा बाधक बन्ने सम्भावना भने रहेको छ । पहिलो सेमिफाइनलमा रिजर्व दिन रहेपनि दोस्रो सेमिफाइनलमा आइसिसीले रिजर्व दिन राखेको छैन ।
वर्षाका कारण खेल हुन नसकेको खण्डमा भारत फाइनल प्रवेश गर्नेछ । भारतले सुपर एट चरणमा समूहको शीर्ष स्थान हासिल गरेकाले समूह उपविजेता बनेको इङ्ल्यान्ड भन्दा अघि रहँदै फाइनल प्रवेश गर्नेछ ।
एक समय समूह चरणबाट बाहिरिने सम्भावना रहेको इङ्ल्यान्ड सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको थियो । समूह चरणमा ४ मध्य २ खेल जितेको इङ्ल्यान्ड अष्ट्रेलिया विरुद्ध पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
सुपर एट चरणमा भने इङ्ल्यान्डले दुई खेल जितेको थियो भने दक्षिण अफ्रिका विरुद्ध पराजित भएको थियो । अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका फाइनल पुगिसकेको छ।
सन् २०१० मा पहिलो उपाधि जितेको इङ्ल्यान्ड पछिल्लो २०२२ मा च्याम्पियन बनेको थियो। २०१६ मा अप्रत्यासित ढंगले वेस्ट इन्डिजलाई फाइनल खेल सुम्पिएको इङ्ल्यान्ड जस बटलरको कप्तानीमा लगातार दोस्रो उपाधि जित्न चाहन्छ ।
उता भारत हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । समूह चरणमा भारतले ४ मध्य ३ खेल जित्दा क्यानडा विरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो । सुपर एट चरणमा भने भारतले अफगानिस्तान, बंगलादेश र अष्ट्रेलिया माथि जित हात पारेको थियो ।
२००७ को पहिलो संस्करण जितेको भारतले त्यसपछि भने उपाधि जित्न सकेको छैन । २०१४ मा फाइनलमा श्रीलंका विरुद्ध पराजित हुँदा नै भारत दोस्रो उपाधिको सबैभन्दा नजिक पुगेको थियो । २०२३ म ओडिआई विश्वकपको फाइनलमा पराजित भारत यसपटक भने उपाधि जित्ने दाउमा नै रहेको छ । २०१३ को च्याम्पियन्स ट्रफी पश्चात भारतले कुनै आइसिसी उपाधि जितेको छैन ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]