1 year ago
July 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट टोलीका विकेटकिपर तथा ओपनर ब्याटर आसिफ सेख इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बासडरमा अनुबन्धित भएका छन्।
इलाइटले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै आसिफसँग आफ्नो सद्भावना दुतको रुपमा सम्झौता गरेको हो ।
आसिफले इलाइटको ब्रान्ड एम्बासडर बनेकोमा खुसी व्यक्त गरे। उनले खेलाडीको मनोबल बढाउनको लागि इलाइटले चालेको कदम प्रति आभारी रहेको धारणा राखे।

इलाइट र आसिफबीचमा २ बर्षको लागि सम्झौता भएको बताइएको छ। आपसी समझदारीमा यो अवधि थप लम्ब्याउने इलाइटले जानकारी दिएको छ।
ईक्यानका अध्यक्ष शेषराज भट्टराइले ‘इलाइट मुभर्सले छोटो समयमा शैक्षिक परामर्श दाताको रुपमा बिद्यार्थीहरुको मनमा बस्न सफल भएको र आसिफलाई ब्रान्ड एम्बासडर बनाएर नयाँ उचाइ हासिल गरेको बताए।
इकाइका अध्यक्ष उद्धव बनले सम्झौताले आफूहरुलाई हौसला मिलेको र राष्ट्रका गहना खेलाडीहरुलाई यस किसिमको पहलले आर्थिक रुपमा सबल हुन पनि मद्दत पुग्ने बताए। उनले आगामी दिनमा पनि अन्य खेलका खेलाडीसँग पनि सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए।

नेपाल क्रिकेट संघ ( क्यान) का उपाध्यक्ष रोशन कुमार सिंहले यस्ता सझौताले क्रिकेट खेल र खेलाडीलाई व्यावसायिकताको बाटोमा फाइदा हुने राय बताए।
कार्यक्रमा क्रिकेट प्रशिक्षक जगत टमाटालाई योगदानको कदर गर्दै दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो।
सम्मान प्रति प्रशिक्षक टमाटाले खुसी व्यक्त गरे।
कार्यक्रममा ईक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, ईक्यानका उपाध्यक्ष लक्ष्मण पौडेल एन्ड्रु, पूर्व राष्ट्रिय फुटबल खेलाडी भोलानाथ सिलवाल लगायतको उपस्थिति थियो।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]