default_image

1 year ago

July 18, 2024

सूर्य कुमार भारतीय टि ट्वान्टी क्रिकेट टोलीका नयाँ कप्तान

1282 views

0 Bookmark

एजेन्सी – ब्याटर सूर्यकुमार यादव भारतीय टि ट्वान्टी क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् 

भारतले श्रीलंकासँग हुने ३ टि ट्वान्टी आई सिरिजको लागि बिहीबार सूर्यकुमारको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

गत महिना भारतले टि ट्वान्टीको विश्वकप उपाधि जितेपछि तत्कालीन कप्तान रोहित शर्माले टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए। भारतले श्रीलंकासँग ३ ओडीआई पनि खेल्ने तालिका छ।

रोहितले सन्न्यास लिएपछि सुर्यकुमारसँगै हार्दिक पान्ड्या, शुभमन गिललाई कप्तानको रुपमा हेरिएको थियो । हार्दिक विश्वकप जित्ने टोलीको उपकप्तान थिए

यसपटक शुभमनलाई उपकप्तान नियुक्त भएका छन् । जिम्बाब्वेसँग हालै भएको ५ टि ट्वान्टी श्रृंखलामा शुभमनले कप्तानी गरेका थिए।

भारतीय ओडीआई टोलीको कप्तानी रोहितले नै गर्नेछन् । भारत र श्रीलंकाबीच पहिलो टि ट्वान्टी साउनमा १२ गते, दोस्रो साउन १३ गते र तेस्रो साउन १५ गते हुनेछ। दुई टोलीबीचको ओडिआई साउन १८ गते सुरु हुनेछ।

भारतीय टि ट्वान्टी आई टोली
सूर्यकुमार यादव( कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिह, रियान पराग, ऋषभ पन्त, सन्जु स्यामसन, हार्दिक पान्ड्या, शिवम दुबे, अक्षर पटेल, वासिन्टन सुन्दर, रवि बिश्नोई, अर्शदिप सिह, खलिल अहमद र मोहम्मद सिराज

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.