default_image

1 year ago

July 28, 2024

रोहितको डेब्यु खेलमा टोरोन्टो विजयी

6182 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको अन्तर्राष्ट्रिय फ्रेन्चाईजी क्रिकेटको डेब्यु खेलमा उनी आबद्ध टोरोन्टो नेसनल्स विजयी भएको छ ।

क्यानडामा जारी ग्लोबल टी ट्वान्टी लिगमा आइतबार बिहान भएको खेलमा प्लेईङ-११ मा रहे पनि रोहितले ब्याटिङ बलिङको अवसर पाएनन् । रोहित आबद्ध टोरोन्टोले लगातार दोस्रो जित हात पार्ने क्रममा ब्रेप्टन वुभ्ल्सलाई ८ विकेटले पराजित गर्यो ।

ब्रेप्टनले दिएको १ सय ११ रनको लक्ष्य टोरोन्टोले १३.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । टोरोन्टोका लागि उन्मुक्त चन्दले सर्वाधिक ५३ रन बनाए । ४० बलको सामना गरेका उन्मुक्तले ८ चौका र १ छक्का प्रहार गरे ।

रासि भान डार डुसेनले २५ र कप्तान कोलीन मुनरोले ११ रन जोडे । ब्रेप्टनका लागि ज्याक जार्किभस् र बेन वेबस्टरले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्रेप्टनले १९.१ ओभरमा अल आउट हुदै १ सय १० रन मात्र बनाएको थियो । ब्रेप्टनका लागि बेउ वेबस्टरले सर्वाधिक २५ र नाईक होबसनले २१ रन बनाएका थिए ।

टोरोन्टोका लागि जुनैद सिद्धिकीले ३, जोसन बेहरानड्राफ्ट र रोमारियो शेर्फडले समान २ विकेट लिए ।
लगातार दोस्रो जितका साथ टोरोन्टो ६ टोली सहभागी लिगको शीर्ष स्थानमा छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.