default_image

1 year ago

July 28, 2024

रुटले लारालाई पछि पारे

1197 views

0 Bookmark

एजेन्सी – इंग्ल्याण्ड टेस्ट टोलीका पूर्व कप्तान जोय रुटले वेस्ट इन्डिजका चर्चित ब्याटर ब्रायन लारालाई पछि पारेका छन् ।

रुट लारालाई पछि पार्दै टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा सातौं स्थानमा उक्लिएका छन् ।

सुचीको आठौं स्थानमा रहेका लाराले १ सय ३१ टेस्ट खेलमा ११ हजार ९ सय ५३ रन बनाएका छन् । सातौं स्थानमा उक्लिएका रुटको १ सय ४३ खेलमा १२ हजार २७ रन पुगेको छ ।

वेस्ट इन्डिजविरुद्ध जारी तेस्रो टेस्टका क्रममा रुटले यो कीर्तिमान बनाएका हुन् । रुटले दोस्रो दिनको खेलमा १ सय २४ बलमा ८७ रन जोड्दै लारालाई पछि पारे ।

३ टेस्टको सिरिजको अन्तिम खेलको दोस्रो दिन घरेलु टोलीले ३ सय ७६ रन बनाउँदै अल आउट भयो । दोस्रो दिन ओली पोप ४ रन थप्दै १० रनमा आउट भए । रुट ८५ रन जोड्दै ८७ रनमा आउट भए ।

जेमी स्मिथले १ सय ९ बलमा ९५ तथा क्रिस वोक्सले ७८ बलमा ६२ रन बनाए । कप्तान बेन स्टोक्सले ५४ रन जोड्दा गस एटकिन्सनले २१ रन थपे ।

वेस्ट इन्डिजका अल्जारी जोसेफले ४, जयडेन सेल्सले ३, शेमार जोसेफले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन बनाएको थियो। दोस्रो दिन वेस्ट इन्डिजले दोस्रो इनिङको ब्याटिङ सुरु गरेको छ।

३ टेस्टको सिरिजका लागि वेस्ट इण्डिज इंग्ल्याण्ड भ्रमणमा रहेको छ । सुरुआती २ टेस्ट हारेको पाहुना टोलीले सिरिज गुमाइसकेको छ ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.