1 year ago
August 13, 2024
एजेन्सी – अमेरिकाले विश्वकप लिग टु सिरिजमा सुखद सुरुआत गरेको छ । विश्वकप लिग टु अन्तर्गतको पहिलो खेल खेल्दै गरेको अमेरिकाले जितका साथ सुरुआत गरेको हो ।
आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले क्यानडामाथि जित हात पारेको हो । नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा मंगलबार भएको खेलमा अमेरिकाले क्यानडामाथि १४ रनको जित हात पारेको हो ।
अमेरिकाले दिएको ३ सय ५ रनको विशाल लक्ष्य पछ्याएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनायो । क्यानडाका लागि हर्ष ठाकरले सर्वाधिक ७७ रन जोडे । उनले ७७ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
ओपनर आरोन जोनसनले ४१ बलमा ५५, डेलिन हेलिङ्गरले ६५ बलमा ५६ ,प्रगत सिंहले ५१ बलमा ४२, कप्तान निकोलस किर्तनले १७ बलमा १४ र कलिम सानाले अविजित १० रन जोडे । अमेरिकाका लागि नोस्तुश केन्जिगेले ३, शाल्डि भान साक्वय र जसदिप सिंहले समान २ तथा स्टेभन टेलर र हरमित सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन जोडेको थियो । अमेरिकाका लागि कप्तान मोनांक पटेलले अविजित रुपमा १ सय २१ रनको शतकीय पारी खेलेका थिए । उनले ९५ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए ।
ओपनर स्मिथ पटेलले ८३ बलमा ६३, शयान जाहान्गिरले ४७ बलमा ५७ रन जोडे । स्टेभन टेलरले २७ र आरोन जोन्सले १५ रन जोडे । क्यानडाका लागि प्रगत सिंह, साद विन जाफर, हर्ष ठाकर र डिलोन हेलिङ्गरले समान १ विकेट लिए । जितसँगै ८ टोेली सहभागी लिग टु मा २ अंकका साथ अमेरिका छैटौं स्थानमा छ ।
पहिलो राउन्डको सिरिजमा शतप्रतिशत जित निकालेको क्यानडा लगातार दोस्रो हार सहित ८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल २ अंकका साथ सातौं स्थानमा रहेको छ । शिर्ष चार टोलीले ओडिआई विश्वकप छनोटमा स्थान पक्का गर्ने छन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]