default_image

1 year ago

August 14, 2024

किशन भारतीय क्रिकेटमा फर्कदै

3696 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेटर‌ इशान किशनले आगामी बुची बाबु टुर्नामेन्टमा झारखण्डको नेतृत्व गर्ने भएका छन् । बुची बाबु प्रतियोगिता तमिलनाडुमा बिहीवार देखि सुरु हुँदैछ ।

यो कदमलाई विकेटकिपर ब्याट्सम्यानको फस्ट क्लास क्रिकेटमा पुनरागमनको पहिलो कदमको रूपमा हेरिएको छ।
किशनले २०२४–२५ को सिजनमा पनि रणजी ट्रफीमा पुनरागमन गर्ने अनुमान गरिएको छ । किसनको अन्तिम घरेलु प्रथम श्रेणी खेल डिसेम्बर २०२२ मा भएको थियो। किसन २०२३/२४ को घरेलु सिजनको अन्त्यतिर रणजी ट्रफीबाट हटेका थिए ।

यो उनको लागि महँगो साबित भयो । बीसीसीआईले उनलाई घरेलु क्रिकेटलाई प्राथमिकता नदिएको कारण सेन्ट्रल कन्ट्रयाक सूचीबाट हटाएको थियो ।

किशनको रेड बलको क्रिकेटमा पुनरागमन यस्तो समयमा भएको छ । जब भारत लामो टेस्ट सिजनमा जाँदैछ, जसमा आगामी पाँच महिनामा १० टेस्ट खेलहरू समावेश छन् ।

किशनले गत वर्ष वेस्ट इन्डिज भ्रमणका क्रममा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । ऋषभ पन्त डिसेम्बर सन् २०२२ मा कार दुर्घटनामा घाइते भएका थिए ।

जुलाई २०२३ मा क्यारेबियन भ्रमणको दोस्रो टेस्ट किशनको अन्तिम प्रथम श्रेणी खेल हो। उनलाई सन् २०२३–२४ को दक्षिण अफ्रिका भ्रमणका लागि पनि टेस्ट टोलीमा समावेश गरिएको थियो, तर उनले मानसिक थकानको कारण देखाउँदै उनलाई आराम दिइएको थियो ।

यसै वर्षको सुरुमा इंग्ल्यान्डविरुद्धको पाँच टेस्टको घरेलु शृंखलामा किशन टेस्ट पुनरागमनको लाइनमा थिए । तर किसनले प्रतियोगिताका लागि आफू तयार नभएको जानकारी चयनकर्तालाई दिएपछि मौका गुमाएका थिए ।

इंग्ल्यान्डविरुद्धको खेलमा विशेषगरी प्लेयर अफ द म्याच प्रदर्शनका क्रममा आफ्नो ब्याटिङ र किपिङबाट प्रभावित गरेका धुव्र जुरेलले भारतको टेस्ट क्रिक्रटमा किशनलाई पछि पारेका छन् ।

यस वर्ष ग्रेड सी को सम्झौता गुमाएका किशनले सन् २०२३ मा दुई टेस्ट, १७ ओडिआई र ११ टि ट्वान्टी आई खेलेका थिए । उनी सन् २०२३ को ओडिआई विश्वकपको फाइनलमा पुग्ने क्रममा भारतीय टोलीको हिस्सा पनि थिए । शुभमन गिल बिरामी हुँदा शीर्ष क्रमका दुई खेलमा खेलेका थिए।

किशनले अप्रिलमा भनेका थिए, ‘जब तपाईं ब्रेक लिनुहुन्छ, मानिसहरु यसको बारेमा धेरै गफ गर्छन्, उनीहरु सोसल मिडियामा धेरै कुरा भन्छन् । तर मलाई लाग्छ, सबै कुरा खेलाडीको हातमा हुँदैन भन्ने बुझ्नु जरुरी छ।’

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.