default_image

1 week ago

September 3, 2024

नेपालको पहिलो अभ्यास खेल रद्द

972 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – वर्षाका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट११ सँग खेल्ने भनिएको पहिलो अभ्यास खेल रद्द भएको छ ।

टस समेत हुन नसकी खेल रद्द भएको हो । क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका भ्रमणमा रहेको छ ।

श्रीलंकामा नेपाली समय अनुसार बिहान १०ः१५ बजे सुरु हुने भनिएको खेल भारी वर्षाका कारण रद्द भएको हो । नेपालले सोही टोलीसँग बुधवार र शुक्रवार पनि अभ्यास खेल खेल्नेछ ।

नेपाली क्रिकेट टोली
रोहित पौडेल, आसिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुलशन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने।

September 11, 2024

नेपालले द हङकङ क्रिकेट सिक्सेस खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले द हङकङ क्रिकेट सिक्सेस खेल्ने भएको छ । हङकङ क्रिकेट सिक्सेसनेपाली टोली सहभागी हुने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाले बताए । ‘सुपर सिक्सेसमा नेपालले पहिलो पटक भाग लिने छ । लामो इतिहास भएको प्रतियोगितामा सहभागी हुन पाउनु खुसी विषय हो,’ प्रवक्ता लामाले भने, ‘ नेपालबाट कस्तो टोली सहभागी गराउने […]

September 10, 2024

यु १९ महिला टि ट्वान्टी विश्वकप छनोट युएईमा हुने

काठमाडौं( हाम्रो खेलकुद) – अर्को बर्ष हुने आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकपको एसिया छनोट युएईमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार विश्वकप एसिया छनोटको खेल तालिका जारी गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । खेलतालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसॅंग र दोस्रो खेलमा […]

September 10, 2024

क्रिकेट टोलीमा फरक‌ भूमिकासहित टमाटाको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेटका सफल प्रशिक्षक जगत टमाटा राष्ट्रिय क्रिकेट टोलीमा फरक‌ भूमिकामा फर्किएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा मंगलवार क्यानका सचिव पारस खड्काले टमाटालाई विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा हुने दुई सिरिजको लागि जिम्मेवारी दिएको बताए। क्रिकेट टोली […]

Success

Thank you for your time.