9 years ago
February 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो दृष्टिविहिन टि ट्वान्टी विश्व कप क्रिकेट प्रतियोगितामा बुधबार नेपालले अर्को हार बेहोर्ने क्रममा आयोजकलाई १ सय ५२ रनको नतिजा सुम्पेको छ । विश्व कपमा आठ मध्ये एक खेलमा दक्षिण अफ्रिकालाई हराएको नेपाल बाँकी सबै खेलमा पराजित भएको थियो । प्रतियोगितामा नेपालको त्यो सातौं हार हो ।

फाइल फोटो
पहिलो ब्याटिङ गरेको भारतले अजयकुमार रेड्डीको शतकको मद्दतमा १ विकेटको क्षेतिमा २ सय ८९ रन बनाएको थियो । जवाफमा नेपाली टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर रमेशबहादुर बानियाँले सबैभन्दा बढी ३५ रन बनाए । ३६ बल खेलेका रमेशले २ चौका प्रहार गरे । पदमबहादुर बदालियाले २८, विक्रमबहादुर रानाले २४ र सुनिल सुवेदी क्षेत्रीले १२ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका लागि अजयकुमार, मोहम्मद जाफरले समान १ विकेट लिए ।
त्यसअघि भारतका लागि अजयकुमारले शतक तथा दुर्गा राव र वेकेटेश्वर राव डीले अर्धशतक पुरा गरे । अजयले ५० बलमा १७ चौकाका साथ १ सय ९ रन बनाए । वेकेटेश्वरले ३३ बलमा ११ चौकासहित अविजित ८२ रन तथा दुर्गाले ३३ बलमा ८ चौका साथ ५३ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
प्रतियोगितामा समान २४ अंक जोड्दै पाकिस्तान पहिलो र भारत दोस्रो स्थानमा छन् । शीर्ष चार भित्र दक्षिण एसियाली राष्ट्र रहेको छन् । १० देशको सहभागिता रहेको प्रतियोगितामा १८ अंकसहित श्रीलंका तेस्रो तथा बंगलादेश १५ अंकसहित चौथो स्थानमा छ । नेपालले अन्तिम खेलमा बिहीबार न्युजिल्यान्डको सामना गर्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]