9 years ago
February 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एसिसी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेल नेपाल र भारतबीच हुने भएको छ । इमर्जिङ नेसन्स कप बंगलादेशमा मार्च १५ देखि २३ सम्म हुनेछ ।

दक्षिण एसियाका चार टेस्ट राष्ट्र भारत, पाकिस्तान,श्रीलंका र बंगलादेश तथा एसियाली क्रिकेट काउन्सिल (एसिसी) का एसोसिएट सदस्य ४ राष्ट्र नेपाल, अफगानिस्तान, संयुक्त अरब इमिरेन्ट्स र हङकङ गरि ८ राष्ट्रको सहभागिता रहने बंगलादेशको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
टेस्ट राष्ट्रका खेलाडीसँग एसोसिएट राष्ट्रका खेलाडीलाई खेल्ने मौका दिदा त्यसले एसियामा क्रिकेटको विकास र लोकप्रियता बढ्ने विश्वासका साथ नेसन्स कप आयोजना लागेको सोमबार एसिसीको बैठकपछि बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसन पापोनले बताएका छन् । मुख्यत इमर्जिङ कप मुख्य यू २३ लाई आयोजना गर्न लागिएको ५० ओभरको प्रतियोगिता भएको बताइएको छ ।
टेस्ट खेल्ने राष्ट्रले यू २३ र एसोसिएट राष्ट्रको सिनियर टोलीको सहभागिता रहने नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए । टेस्ट राष्ट्रको यू २३ टोलीमा ४ सिनियर खेलाडी भने राख्न पाउने बताइएको छ ।
बंगलादेश भ्रमणमा निस्कनुअघि नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत कीतिपुरमा केन्यासँग मार्च ११ र १३ मा एक दिवसिय खेल खेल्नेछ । मुख्य प्रशिक्षक टमाटाले टेस्ट राष्ट्रका यू २३ कै टोली पनि बलियो हुने भएकाले एसोसिएट राष्ट्रका लागि इमर्जिङ महत्वपूर्ण एक्सपोजर हुने विश्वास लिएका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]