1 year ago
September 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला यु१९ को मुख्य प्रशिक्षकमा महेश रिजाल चयन भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार रिजाललाई टोलीको प्रशिक्षकको जिम्मेवारी दिइएको प्रवक्ता छुम्बी लामाले बताए ।
क्यानले बुधवार नै महिला टि ट्वान्टी विश्वकपको एसिया छनोटको बन्द प्रशिक्षणका लागि २९ सदस्यीय टोलीको घोषणा गरिएको छ ।
टोलीको बन्द प्रशिक्षण दाङको लमही क्रिकेट मैदानमा हुने क्यानको बोर्ड बैठकले यसअघि नै निर्णय गरिसकेको थियो । मंगलवार मात्र विश्वकप एसिया छनोटको खेल तालिका जारी गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ ।
खेलतालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसॅंग र दोस्रो खेलमा कात्तिक २२ गते कुवेतसॅंग छ । कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेलमा कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।
पाचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको अन्तिम खेलमा कार्तिक २८ मा युएईसॅंग रहेको छ । ४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

नेपाली यु १९ प्रशिक्षणमा रहेका खेलाडी
सोनी पाख्रिन, अलिया यादव, मनिशा उपाध्याय, कृष्मा गुरुङ, विपिशा शाही, पुजा साउद, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, साबित्रा धामी, अनु कडायत, मनिष बोहोरा, कृष्मा थापा, रबिना साउद, सुस्मिता भुषाल, किरन कुमारी कुँवर, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, भवानी कामत, आरती महतो, पूजा महतो, कुस्म गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, निरु जिटी, सिराना थापा, रचना चौधरी, आश्मा पुलामी मगर
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]