default_image

1 year ago

September 14, 2024

एनपिएलका मार्की खेलाडीको टोली‌‌ टुंगो लाग्यो

1988 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को मार्की खेलाडीको टोली‌‌ टुंगो लागेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार पत्रकार सम्मेलनमा गोला प्रथाद्वारा मार्की खेलाडीको टोली तय भएको थियो।

क्यान सचिव पारस खड्काले कार्यक्रममा खेलाडी अक्सन दशैं अघि हुने जानकारी दिए । अक्सनमा विभिन्न श्रेणीमा खेलाडीलाई विभाजन गरीने छ । मार्की खेलाडीको मुल्य भने २० लाख रुपैयाँ रहेको छ ।

विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्नेछन् ।
८ टोलीको सहभागिता एनपिएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गते सम्म हुनेछ ।

टिम – मार्की खेलाडी
काठमाडौं – करण केसी
पोखरा – कुशल भुर्तेल
चितवन – कुशल मल्ल
विराटनगर – सन्दीप लामिछाने
लुम्बिनी – रोहित पौडेल
जनकपुर – आसिफ शेख
कर्णाली – सोमपाल कामी
सुदूरपश्चिम – दीपेन्द्र सिंह ऐरी

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.