1 year ago
September 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ ।
नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार सोमवार राति ८:४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा सुरु हुनेछ ।
त्रिकोणात्मक सिरिजमा नेपाल, क्यानडा र ओमान छ । नेपाल यसपटकको विश्वकप लिग टुको यो पहिलो देश बाहिरको सिरिजमा रहेको छ । जितका साथ सिरिजको सुरुवात गर्ने योजनामा नेपाल रहेको छ । यसका लागि नेपाल बलियो प्लेईङ११ मैदान उतार्ने योजनामा रहनेछ ।
नेपालको ओपनर जोडीमा यसअघि जस्तै कुशल भुर्तेल र आसिफ शेखको सम्भावना छ । कुशलले नेपालले खेलेको पछिल्लो ओडिआईमा अर्धशतक प्रहार गरेका थिए । सो खेलमा नेपालका अन्य ब्याटर नचल्दा कुशलले ९३ बलमा ६६ रन बनाएका थिए । ओडिआई ओपनिङमा कुशलले १ हजार १ सय ५७ रन बनाएका छन् ।
विकेटकिपरको भुमिकामा समेत रहने आसिफको देश बाहिरको प्रदर्शन राम्रो रहेको छ । उनले देश बाहिर ३०.४५ को औसतमा ८ सय ७१ रन बनाएका छन् ।
तेस्रो नम्बरको ब्याटरमा भीम सार्कीको सम्भावना बढी छ । क्रिकेट करियरको छोटो समयमा राम्रो छाप छोड्न सफल भीमको तेस्रो नम्बरको प्रदर्शन तारिफयोग्य रहेको छ । भीमले तेस्रो नम्बरमा ६ खेलमा ६० को औसतमा २ सय ४२ रन बनाएका छन् । तेस्रो नम्बरमा नै ब्याटिङ गर्ने क्रममा भीमले क्यानडाविरुद्ध शतक प्रहार गरेका थिए ।
चौथो नम्बरमा कप्तान रोहितकुमार पौडेलको सम्भावना रहेको छ । आवश्यकता अनुसार आफ्नो ब्याटिङ स्थान हेरफेर गर्ने रोहितको चौथो नम्बरमा प्रदर्शन राम्रो रहेको छ । चौथो नम्बरमा उनले ३६ खेलमा २७.५३ को औसतमा ८ सय ८१ रन बनाएका छन् ।
पाँचौ नम्बरमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी खेल्न सक्छन् । दीपेन्द्रको ओडिआईमा ब्याटिङबाट खास प्रदर्शन गर्न नसक्दा पनि बलिङ र फिल्डिङ क्षमता तारिफयोग्य रहने गरेको छ । पाचौं नम्बरमा दीपेन्द्रले १२ ओडिआई खेल खेल्दै १ सय ५४ रन बनाएका छन् ।
छैटौं नम्बरमा नेपाली ओडिआईका भरपर्दा खेलाडी आरिफ शेखको सम्भावना छ । आरिफलाई मध्येक्रम राम्रोसँग सम्हाल्न सक्ने खेलाडीको रुपमा हेरिदै आएको छ । आरिफले छैटौं नम्बरमा ब्याटिङ गर्दै २० खेलमा २५.२६ को औसतमा ४ सय ८० रन बनाएका छन् । मध्यम गतिको बलिङ विकल्पको रुपमा समेत आरिफ रहेका छन् ।
सातौं नम्बरमा अनिल शाहले मौका पाउन सक्छन् । अनिल फिनिसरको भुमिकामा खेल्ने सम्भावना छ । नेपाली ओडिआई टोलीमा रहेका अहिलेका खेलाडी मध्ये १ सय माथिको स्ट्राईक रेटमा ब्याटिङ गर्ने अनिल एक मात्र खेलाडी हुन् ।
आठौं नम्बरमा गुलसन झाको सम्भावना छ । गुलसन तीव्रगतीको बलिङका साथै तल्लो क्रमका राम्रा ब्याटरका रुपमा रहेका छन् । नवौं र दर्शौ नम्बरमा सोमपाल कामी र करण केसी रहने सम्भावना छ । तीव्रगतीका बलर दुवै तल्लो क्रमको ब्याटिङमा समेत राम्रो योगदान दिन सक्नेछन् ।
एघार नम्बरमा लेगस्पिनर सन्दीप लामिछानेको सम्भावना छ । सन्दीपले यस खेलमा मौका पाएमा करिब १३ महिना पछि नेपालको ओडिआई टिमबाट खेल्नेछन् । सबैभन्दा कम खेलमा १ सय विकेट पूरा गरेका सन्दीप नेपाली बलिङको प्रमुख हतिहार हुन् । सन्दीपले ओडिआईमा ५१ खेल खेल्दै १ सय १२ विकेट लिएका छन् ।
नेपालको सम्भावित प्लेइङ-११
कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अनिल शाह, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]