default_image

1 year ago

September 25, 2024

अस्ट्रेलियाको अपराजित यात्रामा पूर्णविराम

1535 views

0 Bookmark

एजेन्सी –ओडिआईको विश्वविजेता अस्ट्रेलियाको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

लगातार १४ ओडिआई खेल जितेको अस्ट्रेलियालाई इङ्ग्ल्यान्डले मंगलवार पराजित गर्दै विजयी यात्रा रोकेको हो।

तेस्रो ओडिआईमा इङ्ग्ल्यान्डले डिएलएस पद्दतीमा ४६ रनको विजयी भएको हो। अस्ट्रेलिया ५ ओडिआई सिरिजका लागि इङ्ग्ल्यान्ड भ्रमणमा छ ।

यो जितपछि घरेलु टोलीले सिरिज २-१ मा पुर्याएको छ
रिभरसाइड क्रिकेट मैदान डुरममा ३ सय ५ रनको लक्ष्य पछ्याएर घरेलु टोलीले ३७.४ ओभरको ४ विकेट गुमाएर २ सय ५४ रन बनाएको अवस्थामा बर्षा सुरु भएको थियो ।

निरन्तरको भारी वर्षाका कारण खेल फेरि हुन सकेन र घरेलु टोली डिएलएसमा विजयी भयो । घरेलु टोलीको जितमा कप्तान ह्यारी ब्रुकले ९४ बलमा नट आउट १ सय १० रनको शतकीय इनिङ खेले । ह्यारीले १३ चौका र २ छक्का प्रहार गरेका थिए ।

एक समय ११ रन बनाउँदा २ विकेट गुमाएर संकटमा आएको टोलीका ब्रुक र विल ज्याक्सले तेस्रो विकेटका लागि १ सय ५६ रनको शतकीय साझेदारी गरेका थिए । ज्याक्सले ८२ बलमा ८४ तथा लियम लिविगंस्टोन २० बलमा ३३ रनमा नट आउट रहे ।

पाहुना टोली मिचेल स्टार्क र क्यामरुन ग्रीनले समान २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४ रनको योगफल तयार गरेको थियो ।

जसमा एलेक्स केरीले ६५ बलमा नट आउट रहँदै सर्वाधिक ७७ रन बनाए । स्टिभ स्मिथले ८२ बलमा ६०, आरोन हार्डीले २६ बलमा ४४, क्यामरुन ग्रीनले ४९ बलमा ४२, ग्लेन म्याक्सवेलले २५ बलमा ३० तथा कप्तान मिचेल मार्शले ३८ बलमा २४ रन जोडे ।

इङ्ग्ल्याण्डका जोफ्रा आर्चरले २ तथा ब्याडन कार्स, जोकेब बेथहेल, विल ज्याक्स र लियम लिविगंस्टोनले समान १ विकेट लिए । दुई टोलीबीचको चौथो ओडिआई खेल शुक्रवार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.