default_image

9 years ago

February 11, 2017

एक्सपर्ट स्कुल क्रिकेटमा एडभेन्चरको जित

162 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – राष्ट्रव्यापी एक्सपर्ट स्कुल क्रिकेट लिग चितवनको उद्घाटन खेलमा भरतपुरको एडभेन्चर स्कुलले बालकुमारी इङ्लिस स्कुललाई ७१ रन हराएको छ । १ सय १७ रनको लक्ष्य पछयाएको बालकुमारीले ११.१ ओभरमा सबै विकेट गुमाएर ४५ मात्र बनाउन सक्यो ।

news-iamge-22

बालकुमारीलाई सस्तैमा समेट्ने क्रममा पवन घलेले ४ विकेट तथा प्रयास गौतम र प्रबत श्रेष्ठले समान ३ विकेट लिए । बालकुमारीका लागि विवेक कुमारले १६ रन बनाएका थिए । बाँकीले दोहारो अंकमा रन बनाउन सकेनन् । त्यसअघि टस हारेर ब्याटिङ गरेको एडभेन्चरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १६ रन बनाएको थियो ।

टोलीका लागि पवन २३ र विनोद गुरुङले २२ रन बनाए । बालकुमारीका शीरिष मास्केले २ विकेट लिए ।अलराउण्ड प्रदर्शन गरेका पवन प्लेयर अफ द म्याच घोषित भए । खेल हेर्न आएका दर्शकमध्येका अजय श्रेष्ठ गोलामार्फत एक्सपर्ट फ्यान अफ द डे चुनिएका थिए ।

उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले २ हजार रुपैयाँ प्रदान ग¥यो । प्याब्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारी प्रमुख अतिथि र विशेष अतिथि एक्सपर्ट चितवनका डिरेक्टर डिल्लीराम अधिकारी रहनुभएको कार्यक्रम हिमालयन क्रिकेट एकेडेमीका संस्थापक सुवास प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । हिमालयन क्रिकेट एकेडेमी, काठमान्डौको आयोजनामा आजबाट सुरु भएको प्रतियोगिता फागुन ८ गतेसम्म विशाल चोकको नौ बिगाहा मैदानमा चल्नेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.