default_image

1 year ago

September 27, 2024

क्यानको अनुमानित बजेट ६२ कराेड

706 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले चालु आर्थिक वर्ष २०८१/ ८२ को लागि ६२ करोड रूपैयाँ अनुमानित बजेट पास गरेको छ। यो क्यानको इतिहासकै ठूलो बजेट हो ।

पोखरामा शुक्रवार सुरु भएको क्यानको वार्षिक साधारण सभामा कोषाध्यक्ष पदमबहादुर खड्काले प्रस्तुत गरेको अनुमानित बजेटलाई पास गरेको बताइएको छ।

त्यस्तै गत आर्थिक बर्ष २०८०/८१ को करिब ५२ करोड रुपैयाँ आयव्यय विवरणलाई पनि साधारण सभाले अनुमोदन गरेको क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद लाई जानकारी दिए।

क्यानका सचिव पारस खड्काले प्रस्तुत गरेको प्रगति विवरण पनि साधारण सभाले पास गरेको छ। उनले प्रस्तुत गरेको विवरणमा नेपालले खेलेको अन्तराष्ट्रिय प्रतियोगिता, राष्ट्रिय प्रतियोगिताहरू लगायत सम्पूर्ण कार्यक्रमहरू रहेको थियो।

सचिव खड्काले चालु आर्थिक वर्षको लागि पनि योजनाहरू प्रस्तुत गरेका थिए। केहि कार्यक्रमहरुमा आएको सल्लाह सुझावका आधारमा संसोधनसहित योजनाहरू पनि पारित भएको बताइएको छ।

क्यानका पूर्व अध्यक्ष स्वर्गीय जय कुमार नाथ शाहकल नाममा इलिट कप क्रिकेट गरिने कार्यक्रम रहेको छ। जसमा फर्म्यटाको भने टुङ्गो लागेको छैन। सातै वटा प्रदेशमा डेपलप्मेन्ट अफिसर नियुक्त गर्ने योजनामा समावेश छ।

साधारण सभामा क्यान बोर्डका सदस्य १५, प्रदेशबाट २३, जिल्लाबाट ४५, अम्पायर र प्रशिक्षक संघबाट प्रतिनिधि १-१ तथा विभिन्न उप-समितिका सदस्य गरी करिब १ सय २५ जना प्रतिनिधिको सहभागिता थियो।

त्यसअघि आजै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले साधारण सभाको उद्घाटन गरेका थिए।‌ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको‌ पनि उद्घाटन सत्रमा उपस्थिति थियो। साधारण सभा शनिवार सकिनेछ। गत वर्ष असोज ६ गते निर्वाचन पछि बसेको क्यानको यो पहिलो साधारणसभा हो।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.