default_image

1 year ago

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

899 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ ।

क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो ।

क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ रन बनाए । जाफर सन्दीप लामिछानेको बलमा कुशल मल्लबाट समातिए । श्रेयश मोभ्भाले २३ बलमा २२ रन बनाए । मोभ्भा सन्दीपको बलमा बोल्ड आउट भएका थिए ।

प्रविन कुमारले १३ बलमा १९ रन बनाउँदै सोमपाल कामीद्वारा बोल्ड आउट भए ।

नेपालका लागि तीव्र गतिका बलर सोमपालले एकै ओभरमा २ महत्वपूर्ण विकेट लिएका थिए । सोमपालले आफ्नो पहिलो ओभरमा नै दुई विकेट लिएका थिए । आफ्नो पहिलो ओभरको तेस्रो बलमा नवनित धालीवाललाई १३ तथा अन्तिम बलमा दिलप्रित बाज्वालाई १४ आउट गराएका थिए ।

त्यसअघि अर्का तीव्रगतीका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका थिए । क्यानडाविरुद्धको यसै खेलमा रिजनले टि ट्वान्टी डेब्यु गरेका थिए ।

रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट लिन सफल भएका हुन् । जोनसनलाई रिजनले कप्तान रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराएका थिए ।

नेपालका लागि सन्दीप र सोमपालले समान ३ तथा रिजन ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

सिरिजमा नेपाल र क्यानडाका साथै ओमानको पनि सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा आइतवार ओमानको सामना गर्दा तेस्रो खेलमा मंगलवार क्यानडासँग खेल्नेछ । चौथो खेलमा नेपालले बुधवार फेरि ओमानको सामना गर्नेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.