4 months ago
October 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले उमेश पटवाललाई प्रमुख प्रशिक्षक र निर्देशक नियुक्त गरेको छ।
चितवनले बुधवार सामाजिक संजाल मार्फत पटवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक हुन् ।
चितवनले पटवाललाई मुख्य प्रशिक्षकका रुपमा भित्राउन पाउँदा खुसी लागेको बताएको छ । चितवनको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्ल छन् । चितवन राइनोजको स्वामित्व चितवन मेडिकल कलेजसँग रहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । ८ टोलीको मार्की खेलाडीको टुंगो लागिसकेको छ ।
नेपाली खेलाडी छनोटका लागि सोमवार अक्सन हुनेछ । अक्सनमा १ सय ४२ खेलाडी रहने क्यानले जनाएको छ।विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्न सक्नेछन् ।
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]
February 10, 2025
धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]