default_image

1 year ago

October 7, 2024

एनपिएल अक्सन- ८० खेलाडीका लागि झन्डै ६ करोड खर्च

4139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनमा आइतवार ८ फ्रेन्चाइज टोलीले कुल ५ करोड ९२ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन्।

८० खेलाडी खरिद गर्न सो रकम खर्च गरेको हो। अक्सन सकिंदा मार्की खेलाडी सहित सबै टोलीको खेलाडी सङ्ख्या समान ११ पुगेको छ।

अक्सनमा सबैभन्दा महँगो टोली लुम्बिनी लायन्स बन्यो। उसले खेलाडी किन्न ८४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ। खेलाडीको अक्सनका लागि हरेक टोलीलाई ९० लाख रुपैयाँको सिमा तोकिएको थियो।

दोस्रो महँगो टोली बनेको पोखरा एभेन्जर्सले १० खेलाडीका लागि ८० लाख ५० हजार रुपैयाँ खर्च गर्यो। ७९ लाख २५ हजार खर्च गर्दै जनकपुर बोल्ट्स तेस्रो महँगो टोली बन्न पुग्यो।

चितवन राइनोज सबैभन्दा कम खर्च गर्ने टोली बन्यो। उसले मात्र ६३ लाख रुपैयाँ खर्च गर्दै १० खेलाडी खरिद गर्दा २७ लाख रुपैयाँ जोगाएको छ।

ए क्याटगोरीमा २७ खेलाडी थिए। ती सबै खेलाडीले लिग खेल्ने भएका छ्न् । २७ मध्ये २४ खेलाडी ए क्याटगोरीमा बिक्री भए। तीन खेलाडी हेमन्त धामी, सुनाम गौतम र अर्जुन साउद बी क्याटगोरीमा झरेर विक्री भएका हुन्।

अक्सनमा ए क्याटगोरीमा १५ लाख सबैभन्दा बढी रकम तोकिएको थियो। १५ लाखमा १२ खेलाडी खरिद गरिएको छ।

यसअर्थ अक्सनका महँगा मध्ये ३ खेलाडी लुम्बिनीले खरिद गरेको छ। लुम्बिनी लक्की ड्रमा भाग्यमानी बन्यो। उसले सूर्य तामाङ, विवेक यादव र सन्दीप जोरालाई समान १५ लाख रुपैयाँमा खरिद गर्यो। लुम्बिनीसँग कुल ४ ए क्याटगोरीका खेलाडी छन्। अर्जुन साउदलाई भने बी क्याटगोरीको बेस प्राइस ५ लाख रुपैयाँमा खरिद गरेको हो।

काठमाडौं, विराटनगर, जनकपुरले समान २ खेलाडीलाई समान १५ लाख रुपैयाँमा खरिद गरेको छ। काठमाडौंले साहब अलाम र भीम सार्की तथा विराटनगरले लोकेश बम र प्रतिश जिसीलाई खरिद गरेको हो। यसैगरी जनकपुरले ललित नारायण राजवंशी र अनिल शाह लक्की ड्र मा प्राप्त गर्यो।

सबैले किन्न चाहेका अनि आफ्नो टिममा खरिद गर्न चाहेको गुलशन झालाई कर्णालीले लक्की ड्र मार्फत प्राप्त गर्यो। पोखराले सागर ढकाल र सुदुरले आरिफ शेखलाई समान १५ लाख रुपैयाँमा भित्रायो।

लक्की ड्रमा एकपटक पनि भाग्यमानी बन्न नसकेको चितवनले १५ लाख रुपैयाँमा कुनैपनि खेलाडी खरिद गरेन। उसले रिजन ढकाल, कमल सिंह ऐरी र शरद भेषावकरलाई समान १० लाखमा आबद्ध गर्यो।

अक्सनमा कुल १ सय ६२ खेलाडीको नाम रहेको थियो। प्रत्येक टिमले ए र सी क्याटगोरीबाट समान ३ र बी क्याटगोरीबाट ४ खेलाडी खरीद गर्नुपर्ने नियम थियो। अक्सनमा कुनैपनि टिमले ९० लाख खर्च गर्न सकेनन्।

रणनीतिसँगै अक्सनमा भाग्यको साथ पनि उतिकै जरूरी मानिन्छ। जहाँ कर्णाली र लुम्बीनी लक्की टोली बने। लक्की ड्रमा चितवनले एक खेलाडी पनि आफ्नो बनाउन सकेन।

मार्की खेलाडीले यसअघि जनही २० लाख प्राप्त गर्ने घोषणा भैसकेको छ। मार्की खेलाडीको रकम पनि जोड्दा ८ टोलीले ७ करोड ५२ लाख ५० हजार रुपैयाँ ८८ खेलाडी खरीदमा गर्न खर्च गरिसकेका छन्।

अब हरेक टोलीले १ एसोसिएटसहित ४ विदेशी तथा १ ट्यालेन्ट हन्टबाट गरि ५ खेलाडी राख्न बाँकी छ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.