1 year ago
October 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले वरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ ।
जनकपुरले बुधवार सामाजिक संजाल मार्फत चालिसेलाई क्रिकेट निर्देशकको जिम्मेवारी दिइएको जानकारी गराएको हो ।
चालिसे सन् २००२ मा नेपालले यु १९ विश्वकप खेल्दाका उप कप्तान हुन् । उनलेले जनकपुरको क्रिकेट निर्देशकको जिम्मेवारी पाउँदा खुसी लागेको बताएका छन् । जनकपुरले मंगलवार मात्र मुख्य प्रशिक्षकमा पुबुदु दासानायकेलाई नियुक्त गरेको थियो । जनकपुरको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । नेपाली खेलाडी छनोटका गत साताको आइतवार अक्सन भएको थियो । विदेशी खेलाडी टिमहरुले सिधै अनुबन्ध गर्न सक्नेछन् ।
जनकपुर बोल्ट्सको टिम
आसिफ शेख, ललितनारायण राजवंशी, अनिल कुमार शाह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाटी, शुभ कंसाकार, शेर मल्ल, हेमन्त धामी, अरनिको यादव र तुल बहादुर थापा
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]