1 year ago
October 24, 2024
एजेन्सी – भारतका स्पिन बलर वासिंटन सुन्दरको सानदार बलिङको सहयोगमा भारतले न्युजिल्याण्डलाई कम रनमा नै रोकेको छ ।
भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा बिहीवार न्युजिल्याण्ड २ सय ५९ रन मै अल आउट भयो । भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा न्युजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको थियो।
न्युजिल्याण्डका लागि डेभोन कन्वेले सर्वाधिक ७६, रचिन रविन्द्रले ६५, मिचेल स्यान्टेनरले ३३, विल योंग र ड्यारेल मिचेलले समान १८ तथा कप्तान टम लाथमले १५ रन जोडे । एक समय १ सय ९७ रनमा ३ विकेट गुमाएर बलियो स्थितीमा रहेको न्युजिल्याण्डले ६२ रन जोड्दा बाँकी ७ विकेट गुमायो ।
भारतका लागि सुन्दरले २३.१ ओभरमा ५९ रन खर्चिएर ७ विकेट लिए । रविचन्द्रन आश्विनले ३ विकेट लिए । न्युजिल्याण्डको पछिल्लो ७ विकेट सुन्दरले नै लिएका थिए ।
आजै पहिलो इनिङको सुरुवात गरेको भारतले पहिलो दिनको खेल सकिदा १ विकेट गुमाएर १६ रन जोडेको छ । क्रिजमा यशस्वी जैसवाल र शुभमन गिल रहेका छन् । त्यसअघि कप्तान रोहित शर्मा टिम साउथीबाट डग आउट भएका थिए ।
भारतविरुद्धको पहिलो टेस्ट न्युजिल्याण्डले जितेको थियो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]