default_image

1 year ago

October 29, 2024

स्कटल्यान्डविरुद्ध नेपालको सानदार बलिङ

1872 views

0 Bookmark

डालस, (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको छ ।

ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २३.१ ओभरमा ५ विकेट गुमाउँदै ७३ रन बनाएको छ ।

स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन र माइकल जोन्स समान १९ रनमा आउट भए । जोन्स आरिफ शेखको बलमा ठूलो सट खेल्ने धुनमा कप्तान रोहित पौडेलबाट २२ औं ओभरको चौथो बलमा क्याच आउट भए ।

लगत्तै अर्को ओभरमा गुल्सन झाको बलमा कट खेल्ने धुनमा रिची बेरिंग्टन आरिफ शेखबाट क्याच आउट भएपछि स्कटल्यान्ड २२.४ ओभरमा ७०-५ को दयनीय अवस्थामा पुगेको हो ।

स्कटल्यान्डको अन्तिम आशाको रुपमा म्याथ्यु क्रस र माइकल लिस्क क्रिजमा छन् । स्कटल्यान्डको सुरुवात नै राम्रो हुन सकेन ।

तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा ओपनर चार्ली टिअरलाई स्कटल्यान्डले खाता नखोल्दै बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि एन्ड्रयु उमिद र ब्रेन्डनले २६ रनको साझेदारी गरेका थिए ।

सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा ओपनर एन्ड्रयू उमिदलाई १४ रनमा बोल्ड आउट गरे । उनले १९ बलमा ३ चौका हानेका थिए । पछिल्लो खेलमा अमेरिकाविरुद्ध ९८ रनको अविजित इनिङ खेलेका थिए ।

ब्रेन्डन म्याकमुलेन १२ औं ओभरको पाँचौं बलमा सन्दीप लामिछानेको बलमा १६ रनमा एलबीडब्लू आउट भए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.