default_image

1 year ago

November 6, 2024

स्वस्तिमा कर्णाली याक्समा आवद्ध

2789 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कलाकार स्वस्तिमा खड्कालाई फेस अफ कर्णाली याक्सका रुपमा प्रस्तुत गरिएको छ ।

राजधानीमा बुधवार आयोजित कार्यक्रममा स्वस्तिमाले फेस अफ कर्णाली याक्सको रुपमा जोडिन पाउनुलाई सम्मानको रुपमा लिएको बताइन् । उनले समय क्रमसँगै खेलकुदलाई‌ हेर्ने बुझाईमा फरक आएको जानकारी दिइन् ।

स्वस्तिमाले राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को बारेमा फ्रान्सेली नागरिकले तयार पारेको डकुमेन्ट्रीबाट आफूले खेलकुदको व्यापकतालाई अझै गहिरोसँग बुझेको प्रसंग उल्लेख गरिन् ।

‘त्यो डकुमेन्ट्रीमा फ्रान्सेली क्लबका प्रशिक्षकले साम्बाको आगमनपछि सामाजिक सन्जालमार्फत नेपाली भाषामा पनि लेखिन्छ भन्ने थाहा पाएको बताएपछि खेलकुदको माध्यमबाट विश्वव्यापी रुपमा त्यसले पार्ने सक्ने प्रभावका बारेमा बुझ्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘त्यसैले पनि मैले कर्णाली याक्सको प्रस्तावलाई एकै पटकमा स्वीकार गरेकी हुँ।’

खेलकुदको समर्थक हुनका लागि प्राविधिक रुपमा जानकार नै हुनु नपर्ने आफूले समयक्रममा बुझेको पनि स्वस्तिमाले बताइन् ।

जुम्लाको अगल सम्यता, सस्कृति र पहिचानबाट आफू सधै प्रभावित रहेको जनाउँदै उनले मौकाका‌ लागि कर्णाली याक्सलाई धन्यवाद दिइन् ।

कर्णाली याक्सका निर्देशक ज्ञानेन्द्र मल्लले स्वस्तिमालाई कर्णाली याक्सको हिस्सा भएकोमा स्वागत गर्दै धन्यवाद दिए।

कार्यक्रममा सुजन खनालको शब्द, संगित र स्वरमा तयार पारिएको कर्णाली याक्सको एन्थम संग पनि सार्वजनिक गरिएको थियो। कार्यक्रममा कर्णाली याक्सका मालिक जनकदत्त खनाल र सह मालिक गेहेन्द्र घिमिरेको उपस्थिति थियो।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गते सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा‌ कर्णाली सहित ८ टोलीको सहभागिता छ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.