default_image

9 years ago

February 14, 2017

अन्तर कलेज इन्डोर क्रिकेटमा कौस्तुभको फराकिलो जित

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अल्टिमेट इन्डोर्स प्रा.लि. र पाण्डा इभेन्ट्सको आयोजनामा सुरु भएको अन्तर कलेज सुपर इन्डोर क्रिकेटमा आज पहिलो दिन समुह चरणका छ खेल सम्पन्न भएका छन् ।

man of the match

पहिलो खेलमा काठमाडौं कलेज अफ म्यानेजमेन्टले नोभा कलेजलाई ४१ रनले हराएको छ भने दोस्रो खेलमा पेन्टागन कलेजले राजश्री जनक कलेजमाथि ७३ रनले जित प्राप्त गरेको छ ।

प्रतियोगितको तेस्रो खेलमा काठमाडौं कलेज अफ म्यानेजमेन्टले नागार्जुन कलेजलाई ३० रनले हरायो । चौथो खेलमा कौस्तुभ कलेजले हिमालयन व्हाइट हाउस कलेजलाई फराकिलो अन्तरले पाखा लगायो । १ सय २ रनको फराकिलो अन्तरले जितेको कौस्तुभ कलेजका प्रकाश बिष्ट म्यान अफ द म्याच भए ।

त्यस्तै अन्य खेलहरुमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्रले सिल्क रोड कलेजलाई ३० रनलाई हरायो भने अन्तिम खेलमा व्हाइट हाउस कलेज कसमोस कलेजसँङ पराजित भयो ।

somesh-yadav-of-kaustuv-college-copy

pradip-airee

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.