default_image

4 weeks ago

November 8, 2024

खुला इन्डोर क्रिकेट प्रतियोगिता हुँदै

357 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इंग्लिस क्रिकेट टोलीको समर्थक समूह बार्मी आर्मी क्रिकेट नेपालको आयोजनामा खुला इन्डोर क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

मङ्सिर २ देखि ९ गतेसम्म चल्ने प्रतियोगितामा कुल २४ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई चार मुख्य वर्गमा विभाजन गरिएको छ । जसमा अन्तर-कलेज प्रतियोगिता, कर्पोरेट लिग, राष्ट्रिय खेलाडी सम्रमिलित र नयाँ प्रतिभा प्रदर्शन गर्ने वर्गबाट ६-६ टोली रहनेछन् ।

समूह चरण र त्यसपछि नकआउट पद्दतिमा आयोजना हुने आयोजकले जनाएको छ । सम्पूर्ण खेलहरु हात्तीवनस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा हुनेछ ।

December 6, 2024

न्युजिल्यान्डविरुद्ध ह्यारी ब्रुकको अर्को शतक

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर ह्यारी ब्रुकको शतकसँगै दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको छ । वेलिङ्गटनमा पहिलो दिनको समाप्तिमा न्युजिल्यान्ड ८६-५ को कमजोर अवस्थामा छ । न्युजिल्यान्ड पहिलो इनिङमा १९४ रनले पछाडि परेकोछ । केन विलियम्सन ३७, टम लाथम १७, डेभन कन्वे ११ र रचिन रविन्द्र ३ रनमा आउट भए । […]

December 6, 2024

जसले सेलेब्रेसन कै कारण नेपालको खेल गुमाए

भुपेन्द्र जि.सी. खेलकुदमा खेलाडीले सेलेब्रेसन खुसी मनाउन गर्दछन् । दुर्भाग्यपूर्ण कहिलेकाहीँ त्यो सेलेब्रेसन आफैंलाई घातक बन्नसक्छ । युएईमा जारी एसिसी यू-१९ एसिया कप २०२४ मा नेपाल र बंगलादेशबीचको खेलकोक्रममा त्यस्तै भयो । तर धेरै समर्थकको ध्यान नेपाल प्रिमियर लिग (एनपिएल) मा हुँदा त्यो घटनाले खासै चर्चा पाएन । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार १ सय […]

December 6, 2024

गौसको कीर्तिमानी शतकमा पोखराको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले शुक्रवार लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो […]

Success

Thank you for your time.