9 years ago
February 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर कलेज सुपर इन्डोर क्रिकेटको दोस्रो दिन पनि समुह चरणमा कौस्तुभ कलेज र पेन्टागन कलेजको दबदबा कायम रह्यो ।

‘म्यान अफ द म्याच’ कौस्तुभ कलेजका सोमेस यादव
पहिलो दिन १०२ रनको फराकिलो अन्तरको जित निकालेको कौस्तुभ कलेजले दोस्रो दिन कसमोस कलेजलाई ६० रनले हरायो । ब्याटिङमा २७ रन २ बलिङम २ विकेट लिएका कौस्तुभ कलेजको सोमेस यादव ‘म्यान अफ द म्याच’ भए । त्यस्तै पहिलो खेलामा ७३ रनको बिजय नतिजा निकालेको पेन्टागनले दोस्रो दिन हिमालयन कलेज अफ ईन्जिनियरिङ्लाई १ सय ४४ रनले हरायो ।
अन्य खेलहरुमा ट्रीटोन, नोभा कलेज र त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्रले जित हासिल गरे । सिल्क रोड कलेजलाई ४४ रनले हराएको ट्रीटोनको यो पहिलो खेल हो भने पहिलो दिन पराजय भोगेको नोभा कलेजले दोस्रो खेलमा नागार्जुन कलेजलाई ५३ रनले हराएको हो । नागार्जुनको यो लगातार दोस्रो हार हो ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]