1 year ago
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारालाई टोलीमा अनुबन्ध गरेको छ ।
टोलीका पाँचौं विदेशी खेलाडी रुपमा चितवनले बोपारालाई अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जानकारी गराएको छ ।
चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांग तथा दोस्रो विदेशी खेलाडीका रुपमा इङ्ग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइनलाई अनुबन्ध गरेको थियो । चितवनले तेस्रो विदेशी खेलाडीका रुपमा अफगानिस्तानका हसन इसाखिल र चौथो विदेशी खेलाडीको रुपमा नामिबियाका अलराउण्डर जान निकोल लेफ्टी इटनलाई अनुबन्ध गरेको थियो ।
३९ वर्षिय बोपाराले ४ सय ७८ टि ट्वान्टी खेलमा ९ हजार ४ सय ४८ रन तथा २ सय ९१ विकेट आफ्नो नाममा गरेका छन् । उनले इङ्ग्ल्याण्डका लागि तिनै फर्म्याटको क्रिकेट खेलेका छन् । बोपाराले विश्वका प्राय सबै फ्रेन्चाइजि लिग खेलेका छन् ।
चितवनको मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन् । एनपिएलमा ८ टिमको सहभागिता रहेको छ ।
विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यस प्रकार रहेका छन् :
पोखरा एभेन्जर्स – अमेरिकाका आन्द्रेस गौस, नेदरल्याण्ड्सका बास डि लिडे, इङ्ग्ल्याण्डका म्याट क्रिचली, वेस्ट इण्डिजका रेमन राइफर र स्कटल्याण्डका माइकल लिस्क
कर्णाली याक्स – पाकिस्तानका हुसेन तलात, हङकङका बाबर हायात, वेस्ट इण्डिजका चालडिक वाल्टन र भारतका शिखर धवन
सुदूरपश्चिम रोयल्स – स्कटल्याण्डका ब्रान्डन मक्मलेन, इङ्ग्ल्याण्डका सेफ जेब, न्युजिल्याण्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्ताफा
लुम्बिनी लायन्स – इङ्ग्ल्याण्डका टोम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द
काठमाडौं गुर्खाज – नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ग्ल्याण्डका सन एस्किनान्जी, नामिबियाका जेहार्ड एरास्मस र इङ्ग्ल्याण्डका ड्यान डौथेवेट
विराटनगर किंग्स – ओमानका अकिब इल्यास, क्यानडाका निकोलस किर्तन, स्कटल्याण्डका क्रिस सोल, न्युजिल्याण्डका मार्टीन गप्टिल र अफगानिस्तानका इस्मत आलम
जनकपुर बोल्ट्स – न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकाका लाहिरु मिलन्था र पाकिस्तानका सोयब मक्शुद
चितवन राइनोज – दक्षिण अफ्रिकाका मार्चन्ट डे लांग, इङ्ग्ल्याण्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन, नामिबियाका जान लिफ्टी इटन र अफगानिस्तानका हसन इसाखिल
चितवन राइनोजको टोली – कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर, ल्यूक मार्टिन बेनकेन्स्टाइन, मार्चन्ट डे लांग, हसन इसाखिल, जान निकोल लफ्टी इटन र रवि बोपारा
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]