9 years ago
February 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना धनगढीमा आयोजना हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा नयाँ संस्था हुने क्रम जारी रहेको छ । यसै सिलसिलामा डिपिएलमा रुस्लान क्रिकेट पनि पार्टरका रुपमा रहने भएको छ ।

सम्झौपत्रमा हस्ताक्षर गरेपछि डिसिएका अध्यक्ष सुवास शाही र रुस्लानका कानुनी विभागका प्रमुख गुरु अधिकारी । साथमा डिसिएका निर्देशक धिरेन्द्र शाही र रुस्लानका वित्त विभाग प्रमुख सतिश कर्ण ।
अब प्रतियोगिता सगरमाथा सिमेन्ट डिपिएल पावर्ड बाई जग शक्ति टिएमटी बार इन एसोसिएसन विथ रुस्लान भएको छ । धनगढी क्रिकेट एकेडेमी (डिसिए) का अध्यक्ष सुवास शाही र रुस्लानका कानुनी विभाग अधिकारी गुरु घिमिरेले सम्झौता पत्रमा बिहीबार हस्ताक्षर गरेका छन् । क्रिकेटलाई अझ योजनाबद्ध र व्यवसायिक हिसाबले अघि बढाउने उद्देश्यका डिसिए र सुदुरपश्चिमाञ्चल ऐकेडेमी (एसपिए) ले संयुक्त रुपमा चैत ४ देखि २९ गते सम्म डिपिएल आयोजना गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
विभिन्न शहरका टोलीहरुलाई फ्रेन्चाइज गरेर आयोजना गर्न लागिएको प्रतियोगिताका लागि पुस २३ गते खेलाडीको अक्सन भइसकेको छ । रकम बढाबढका आधारमा २ सय १७ खेलाडीको अक्सन गरिएको थियो । विभिन्न ६ शहरबाट टिम छनोट गरिएको र कप्तानको छनोट भने लक्की ड्र बाट गरिएको थियो । यसरी ज्ञानेन्द्र मल्ल सिवाइसी अत्तरियाको, शरद भेषावकर विरानगर किङ्सको, बसन्त रेग्मी काठमाडौं गोल्डेन्सको, शक्ति गौचन रुपन्देही च्यालेन्जर्सको, विनोद भण्डारी कञ्चनपुर आइकोनिकका र पारस खड्का टिम चौराह धनगढीको कप्तान चुनिएका थिए । छ कप्तानले समान १ लाख ५० हजार रुपैया पारिश्रमिक पाउनेछन् ।
२८ लाख ५० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख, दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । नेपाली क्रिकेटमा यो अहिले सम्मकै सबैभन्दा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हो । प्रत्येक खेलका वेल्स क्याफे म्यान अफ द म्याचले १० हजार रुपैयाँ तथा म्यान अफ द सिरिजर्ले टिभीएस आरटिआर २०० अपाचे मोटरसाईकल पाउँनेछन् ।
झन्डै १ करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिर्एको प्रतियोगिता टि–ट्वान्टी प्रणालीमा खेलाइने बताइएको छ । लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]