default_image

1 year ago

November 21, 2024

विराटनगरको बन्द प्रशिक्षण आजदेखि

1169 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी विराटनगर किङ्गसले बिहीवारबाट विराटनगरमा बन्द प्रशिक्षण सुरु गर्दैछ ।

विराटनगरले आजबाट मोरङमा रहेको म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा अभ्यासमा बन्द प्रशिक्षण गर्नेछ । पहिलो चरणको बन्द प्रशिक्षण मंसिर ११ गते सम्म हुने बताइएको छ।

पहिलो चरणको बन्द प्रशिक्षणमा टोलीमा रहेका नेपाली खेलाडी सहभागी रहनेछन् । बन्द प्रशिक्षणमा कोशी प्रदेश को इलाम, उदयपुर , सुनसरी, झापा र मोरङ जिल्लामा ट्यालेन्ट हन्टमा सर्ट लिस्ट भएका खेलाडीहरुलाई पनि सहभागी गराइने छ ।

मंसिर १२ गतेदेखि टोलीले लिगको अन्तिम तयारी काठमाडौंबाट गर्नेछ । विराटनगरले बुधवार टोलीको जर्सी तथा एन्थम सार्वजनिक गरेको थियो ।

विराटनगरका मुख्य प्रशिक्षकमा आयरल्यान्डका पुर्व क्रिकेटर केभिन ओ ब्राइन रहेका छन् । राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी हुन् । टोलीको सहायक प्रशिक्षकमा लाक्पा लामा र व्यवस्थापकमा विजय कुमार धिताल छन् । टोलीको निर्देशकमा दीपेन्द्र चौधरी रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । विराटनगरले उद्घाटनकै दिन जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्नेछ ।

विराटनगर किङ्स टोली

सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.