9 years ago
February 16, 2017
राकेश तिमल्सिना
भरतपुर – एक्पर्ट स्कुल क्रिकेट लिग चितवनको उपाधिका लागि भरतपुरका बाल्मिकी शिक्षा सदन र एडभेन्चर इंग्लिस स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ । बाल्मिकीले भरतपुरको सनराइज इंग्लिस स्कुललाई ३९ रन ले एडभेन्चरले कल्याणपुरको स्मल हेभन स्कुललाई २८ रनले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् ।

विशाल चोकस्थित नौ बिगाहा मैदानमा ८४ रनको सामान्य लक्ष्य पछ्याएको सनराइज १२. ३ ओभरमा सबै विकेट गुमाएर मात्र ४४ रन बनाउन सक्यो । सनराइजका आशिष वंशीले १० रन बनाउनु बाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बाल्मिकीका मनीष थापाले ३ तथा अनुराग सुवेदी र सुजन भट्टराईले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बाल्मिकीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै ८३ रन बनाएको थियो । टोलीका समिर अधिकारीले १५, विप्लव गुरुङ र मनीषले समान १२ रन बनाए । सनराइजका आशिष लम्सालले ४ र सुलभ बरालले ३ विकेट लिए । बाल्मिकीका मनीष म्यान अफ दी म्याच घोषित भए ।
अर्को सेमिफाइनलमा टस जितेर ब्याटिङ रोजेको एडभेन्चरले १८. ३ ओभरमा अलआउट हुदै १ सय १२ रन बनाएको थियो । एक समय २३ रनमा ४ विकेट गुमाएको टोलीले पछि अवस्थामा सुधार गरेको थियो । एडभेन्चरका आकाश गुरुङले २५, पर्वत श्रेष्ठले २३ र सन्देश राना मगरले १८ रन बनाए । स्मल हेभनका लागि सचिन सिंहले ४ र कप्तान विधान देवकोटाले २ विकेट लिए ।
१ सय १३ रनको लक्ष्य पछ्याएको स्मल हेभनले १४.१ ओभरमा सबै विकेट गुमाएर ८४ रनमात्र जोड्न सक्यो । टोलीका अमित यादवले १५, रितिक यादव ११ र विधान देवकोटाले १० रन जोडे । एडभेन्चरको जितमा प्रयास गौतमले एक्लैले ६ विकेट लिए । उनले ४ ओभर २६ रन खर्चिए । प्रयास नै खेलको म्यान अफ दी म्याच घोषि भए ।
दर्शकमध्येबाट सुरुची बोहोरा लक्की ड्रमार्फत एक्सपर्ट फ्यान अफ द डे को घोषित भइन् । उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले २ हजार रुपैयाँ प्रदान गर्यो ।
चितवन र आसपासका १० विद्यालयको सहभगिता रहेको प्रतियोगिताको फाइनल शनिबार हुनेछ । हिमालयन क्रिकेट एकेडेमी, काठमान्डौले आयोजना गरेको स्कुल क्रिकेटलाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस मुख्य प्रायोजन गरेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]