default_image

1 year ago

November 23, 2024

टि ट्वान्टी क्रिकेटमा तिलकको कीर्तिमान

4117 views

0 Bookmark

एजेन्सी – भारतीय ब्याटर तिलक बर्माले टि ट्वान्टी क्रिकेट नयाँ कीर्तिमान बनाएका छन् ।

तिलक लगातार तीन टि ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो क्रिकेटर बनेका छन् । तिलकले शनिवार भारतमा जारी सैयद मुश्ताक अलि ट्रफिमा हैदराबादबाट खेल्दै मेघालयविरुद्ध ६७ बलमा १ सय ५१ रनको शतकीय पारी खेलेका छन् ।

२२ वर्षीय तिलकले गत साता मात्र दक्षिण अफ्रिकाविरुद्ध लगातार दुई शतक प्रहार गरेका थिए । उनले दक्षिण अफ्रिकाविरुद्ध सेन्चुरियनमा नट आउट १ सय ७ रन र जोहानेसबर्गमा नट आउट १ सय २० बनाएका थिए ।

हैदराबादका लागि कप्तानी पारी खेलेका तिलकले टि ट्वान्टी १ सय ५० भन्दा बढी रन बनाउँने पहिलो भारतीय पुरुष क्रिकेटर बने ।

सन् २०२५ को आइपिएलको अक्सनअघि मुम्बई इन्डियन्सले तिलकलाई रिटेन गरेको छ । आइपिएल अक्सन आइतवार र सोमवार हुँदैछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.