1 year ago
November 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुनका लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका इङ्ग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान टम मुर्स नेपाल आईपुगेका छन् ।
लुम्बिनीका पहिलो विदेशी खेलाडीका रुपमा मुर्स बिहीवार नेपाल आइपुगेका हुन् । मुर्सलाई लुम्बिनीका मालिक ईश्वर जिसी लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
यसअघि लुम्बिनीले इङ्ग्ल्याण्डका मुर्सका अलावा लुम्बिनीमा अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द र वेस्ट इण्डिजका रामोन सिम्नोड्स र क्यानडाका साद विन जाफर विदेशी खेलाडीको रुपमा टोलीमा छन् ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुने पहिलो संस्करणको सिद्धार्थ बैंक एनपिएल शनिवार देखि पुस ६ गतेसम्म चल्नेछ । मंसिर १९ गते बुधवार लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्सको सामना गर्नेछ ।
सिद्धार्थ बैंक एपिएलमा लुम्बिनी लायन्सको खेल तालिका
मंसिर १९ गते विराटनगर किङ्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २१ गते पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २२ गते सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २३ गते जनकपुर बोल्ट्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २५ गते चितवन राइनोजविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २६ गते काठमाडौं गुर्खाजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २८ गते कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ बजे
लुम्बिनी लायन्स टिम
रोहितकुमार पौडेल, आसुतोष घिरैया, सुर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अभिषेश गौतम, सन्दीप जोरा, अर्जुन साउद, विकास आग्री, टम मुर्स, बेन कटिङ, उन्मुक्त चन्द, रामोन सिम्नोड्स र साद विन जाफर ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]