default_image

9 years ago

February 17, 2017

अन्तर कलेज इन्डोर क्रिकेटमा समृद्धिको रोमाञ्चक जित

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर कलेज सुपर इन्डोर क्रिकेटको समुह चरणको तेस्रो दिनको शुक्रबार पहिलो खेलमा समृद्धी कलेजले नोभा कलेजमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको छ । १८ रन प्रहार गर्दै १ विकेट लिएका कुशल पोखरेल म्यान अफ द म्याच भए । तेस्रो खेलमा नोभाको यो दोस्रो हार हो ।

team-kaustuv

त्यस्तै एकै दिन दुइ खेल खेलेको अमृत साइन्स क्याम्पस (अस्कल) ले शुक्रबार शतप्रतिशत नतिजा निकालेको छ । पहिलो खेलमा सिल्क रोड कलेजलाई ११ रनले हराएको अस्कलले अर्को खेलमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्रलाई २२ रनले पराजित गरेको हो ।

यसअघि दुइ खेल जितेको चिकित्सा शास्त्रको यो पहिलो हार हो । आजकै तेस्रो खेलमा हर्टल्याण्ड कलेजले हिमालयन कलेज अफ ईन्जिनियरिङ्लाई ६ रनले हरायो ।

प्रतियोगिताको तेस्रो दिन पनि पेन्टागन र कस्तुभको दबदबा कायमै रह्यो । पेन्टागनले हर्टल्याण्डलाई ५६ रनले हरायो । अर्को खेलमा कस्तुभले सुदूरपश्चिमाञ्चल एकेडेमीलाई ५७ रनले पराजित गर्यो । पेन्टागन र कस्तुभको दुवैको यो लगातार तेस्रो जित हो ।

naresh

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.