1 year ago
December 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरको टियु मैदानमा बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई १ सय ६८ रनको मध्यम लक्ष्य दिएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार गर्यो ।
सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले सर्वाधिक ५३ रन जोडे । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । एनपिएलको पहिलो अर्धशतक उनले ३१ बलमा पूरा गरेका थिए । जेहार्डको बलमा मक्मलेन आउट भए । मक्मेलन र विनोद भन्डारीले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे ।
मक्मेलन आउट भए लगत्तैको बलमा विनोद पनि २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रनाउँदै आउट भए । विनोद साहब आलमको बलमा एलबिडब्लु आउट भए ।
दिपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । दिपेन्द्र लामो सट प्रहारको चक्करमा करण केसीको बलमा बाउन्ड्रिमा माइकल लेभिटबाट क्याच आउट भए ।
ओपनरको भुमिकामा आएका सेफ जैबले ९ बलमा ११ रन जोडे । ओपनर जैब ११ रन बनाउँदै राशिद खानको बलमा बोल्ड आउट भए । रोहन मुस्ताफले ७ बलमा ४ रन जोडे । मुस्ताफा राशिद खानको बलमा बोल्ड आउट भए । आरिफ शेख ३ रन बनाउँदै रन आउट भए ।
एक समय ११.१ ओभरमा १ सय रन पूरा गरेको सुदूरपश्चिमले निरन्तर विकेट गुमाउँदा विशाल योगफल बनाउँन असफल भयो । काठमाडौंका लागि राशिद खानले २ तथा करण केसी, जेहार्ड एरास्मस र साहब आलमले समान १ विकेट लिए ।
१ खेलमा जित १ मा बेहारेको काठमाडौं सुदूरपश्चिमलाई हराएर जितको लयलाई निरन्तरता दिन चाहन्छ । पहिलो खेल जितेको सुदूरपश्चिम त्यसलाई निरन्तरता दिन चाहन्छ ।
आजै भएको पहिलो खेलमा पोखरा एभेनजर्सलाई ७ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]