1 year ago
December 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा भारतका क्रिकेटर शिखर धवन र पाकिस्तानी क्रिकेटर सोहेल तन्भिर १६ वर्ष पछि कुनै पनि फ्रेन्चाइजि लिगमा आमने सामने हुदैछन् ।

कीर्तिपुरस्थित टियु मैदानमा चितवन राइनोजमा आबद्ध तन्भिर र कर्णाली याक्समा रहेका धवनको टोलीको खेल बिहान ९ बजे पछि सुरु हुनेछ । सन् २००८ काे पहिलाे संस्करणकाे आइपिएलमा दुईबीच टि ट्वान्टी फ्रेन्चाइजि लिगमा पछिल्लो पटक आमने सामने भएका थिए । तन्भिरले पहिलो संस्करणको आइपिएल राजस्थान रोयल्सबाट खेल्दा धबन दिल्ली डियरडेभिल्समा आबद्ध थिए ।
चितवन सुरुवाती २ खेलमा जितका साथ बलियो स्थितीमा रहेको छ । चितवनले काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । लगातार तेस्रो जित सहित शीर्ष स्थानमा उक्लिने लक्ष्यमा चितवन रहेको छ ।
लगातार दुई खेलमा पराजित कर्णाली पहिलो जितको लक्ष्यमा रहेको छ । पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा काठमाडौंसँग कर्णाली पराजित भएको थियो ।
आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । दोस्रो खेल खेल्दै गरेको लुम्बिनी पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा बलियो योगफलका बाबजुद पराजित लुम्बिनी आज पहिलो जितको खोजीमा रहेको छ ।

लगातार दुई खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल पुस ६ गते सम्म चल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]