1 year ago
December 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्समाथि रोमान्चक जित हासिल गरेको छ ।

शनिवारको दोस्रो खेलमा कर्णालीले ७ रनको रोमान्चक जित हात पार्यो । कर्णालीले दिएको १ सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो ।
विराटनगर किंग्सका लागि निकोलस कीर्तनले सर्वाधिक ४० रन जोडे । उनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । ४० रन बनाउँदै कीर्तन १८औं ओभरको चौथो बलमा नन्दन यादवबाट बोल्ड आउट भए ।
ओपनर लोकेस बमले ९ बलमा १ चौका र २ छक्काको सहयोगमा १९ रन जोडे । ओपनर लोकेस चौथो ओभरको पहिलो बलमा विपिन शर्माबाट बोल्ड आउट भए । विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
दिपक बोहोराले १३ बलमा १८ रन बनाए । १८ औं ओभरको पहिलो बलमा दिपक नन्दन यादवको बलमा बोल्ड आउट भए । १२औं ओभरको अन्तिम बलमा युनिश सिंह ठकुरीको बलमा नै दिपक बोहोराको क्याच गुलशन झाले बाउन्ड्रिमा छुटाएका थिए । दिपक पहिलो बलको सामना गरिरहेका थिए । पहिलो बलको सामना गरिरहेका थिए ।
विराटनगरले पहिलो विकेटका रुपमा ओपनर मार्टिन गप्टिललाई ४ रनमा गुमाएको थियो । उनले ४ बलमा १ चौका प्रहार गरेका थिए । गप्टिल विपिन शर्माको बलमा बोल्ड आउट भएका हुन् । अन्तिम ओभरमा १५ रन चाहिएकोमा नन्दन यादवले रन मात्र खर्चिएर टोलीलाई जित दिलाए ।
कर्णालीका लागि नन्दन यादवले ३, विपिन शर्माले २ तथा सोमपाल कामी, विलियम बोसिस्टो र युनिश बिक्रम सिंहले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुदै १ सय ३३ रन मात्र जोड्यो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ६६ रन जोडेका थिए । उनले ४९ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए । ६६ रन जोडेका बोसिस्टो क्रिस सोलले एलबिडब्लु धरापमा पारे ।
ओपनर देव खनालले ४८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५३ रन जोडे । एनपिएलमा आफ्नो पहिलो अर्धशतक देवले ४० बलमा पूरा गरेका थिए । ८ बलमा ३ रन जोडेका देव खनाल पाँचौ ओभरको पहिलो बलमा प्रतिस जिशीको बलमा सुवास भन्डारीले क्याच मिस गरेका थिए । ५३ रन जोड्दै खनाल बसिर अहमदको बलमा क्रिस सोलबाट क्याच आउट भए ।
कर्णालीका ओपनर तथा पुर्व भारतीय टोलीका ओपनर शिखर धवन ५ बलमा ५ रन बनाउँदै आउट भए । धवनलाई प्रतियोगितामा पहिलो पटक नेपाली बलरले आउट गरे । धवनलाई प्रतिस जिशीले दोस्रो ओभरको तेस्रो बलमा बोल्ड आउट गराए । कर्णालीले पछिल्लो सात बलमा ५ विकेट गुमाएको थियो ।
कर्णालीका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । विराटनगरका लागि अन्तिम ओभरमा ४ विकेट लिदै मेडन ओभर गरेका प्रतिस जिशीले ४ ओभरमा १७ रन खर्चिएर ४ विकेट लिए । बसिर अहमद, क्रिस सोलले समान २ तथा अकिब इल्यासले १ विकेट लिए ।
चौथो खेलमा दोस्रो जित हात पारेको ४ अंकमा रहेको छ । भने चौथो खेलमा तेस्रो हार बेहोरेको हो ।
आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्समाथि ४५ रनको जित हात पारेको थियो । आइतवार लिगमा २ खेल आयोजना हुदैछ । पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दैछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]