default_image

1 year ago

December 8, 2024

लुम्बिनीले टस जित्यो

477 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आठौं दिनको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ ।

टियु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

लुम्बिनीले सुरुवाती ३ खेलमा हार बेहोरेर दबाबमा छ। आजको खेलमा गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना कठिन बन्नेछ । लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

जनकपुर लगातार चौथो जित निकाल्दै प्लेअफ सम्भावना थप बलियो बनाउन चाहान्छ । जनकपुरले विराटनगर, कर्णाली याक्स र पोखरालाई पराजित गरेको थियो ।

शनिवार सुदूरपश्चिम रोयल्ससँग खेलको टिममा ३ परिवर्तन गरेको छ । शनिवार खेलेका सुर्य तामाङ, दिनेश अधिकारी र उन्मुक्त चन्द बेन्चमा रहँदा आशुतोष घिरैया, अविषेश गौलम र बेन कटिङले मौका पाएका छन् ।

लुम्बिनी लायन्सको प्लेइङ११

रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, आशुतोष घिरैया, अविषेश गौतम, अर्जुन साउद, दुर्गेश गुप्ता, टम मुर्स, बेन कटिङ, साद वीन जाफर र रेमन सिमोन्डस

बिहीवार पोखरा एभेन्जर्स विरुद्ध खेलेको टिममा १ परिवर्तन भएको छ । तुल बहादुर थापा मगरको स्थानमा शेर मल्लले मौका पाएका छन् ।

जनकपुर बोल्ट्सको प्लेईङ-११

अनिल शाह, आसिफ शेख, लाहिरु मिलान्था, हर्ष ठाकर, जेमी निशम, शुभ कसांकार, मोहम्मद मोहसिन, शेर मल्ल, हेमन्त धामी, किशोर महतो र ललित राजवंशी

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.