default_image

1 year ago

December 10, 2024

चितवनले टस जित्यो

646 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले टस जितेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर चितवनका कप्तान कुशल मल्लले पहिले बलिङ रोजेका हुन् ।

खेलेका सबै ४ मा पराजित लुम्बिनीले दबाबमा छ। आजको खेल पनि गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना निकै कमजोर हुनेछ।

लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

चितवन भने ४ खेलमा ३ जित र १ हारका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । सुरुवाती दुई खेल जितेको चितवन तेस्रो खेलमा भने पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो ।

पछिल्लो खेलमा भने चितवनले प्रतियोगिताकै बलियो मानिएको टोली सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।

चितवनले आइतवार सुदूरपश्चिम रोयल्ससँग खेलेको टिममा २ परिवर्तन गरेको छ । चितवनले हसन इसाखिल र दिपक बोहारालाई बेन्चमा राख्दा ल्युक बेनकेनस्टन र नर बहादुर सार्कीलाई खेलमा मौका दिएको छ । नरको यो एनपिएल डेब्यु खेल हो । घाइते भएर एनपिएल गुमाएका कमलसिंह ऐरीको स्थानमा नरलाई टिममा राखिएको थियो ।

चितवन राइनोजको प्लेईङ-११

कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, जान निकोल लफ्टी इटन, ल्युक बेनकेनस्टन, रिजन ढकाल, विपिन रावल(विकेटकिपर), नर बहादुर सार्की, अमरसिंह राउटेला, सन्तोष कार्की, सोहेल तन्भिर

आइतवार जनकपुर बोल्ट्ससँग खेलेको लुम्बिनीको टिममा १ परिवर्तन भएको छ । लुम्बिनीका बेन कटिङको स्थानमा उन्मुक्त चन्दलाई मौका दिइएको छ ।

लुम्बिनी लायन्सको प्लेइङ–११

रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, आशुतोष घिरैया, अविषेश गौतम, अर्जुन साउद, दुर्गेश गुप्ता, टम मुर्स, उन्मुक्त चन्द, साद वीन जाफर र रेमन सिमोन्डस

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.