default_image

9 years ago

February 20, 2017

अन्तर कलेज इन्डोर क्रिकेट: कस्तुभलाई हराउँदै राजश्री सेमिफाइनलमा

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अल्टिमेट इन्डोर्स प्रा.लि. र पाण्डा इभेन्ट्सको आयोजनामा जारी अन्तर कलेज सुपर क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलका खेलहरु पुरा भएका छन ।

rupesh

प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्रलाई ५० रनले हराउदै  काठमाडौं कलेज अफ म्यानेजमेन्ट सेमिफाइनल प्रवेश गरेको छ भने दोस्रो क्वार्टरफाइनलमा कौस्तुभ कलेजलाई पाखा लगाउदै राजश्रीले अन्तिम ४ मा स्थान पक्का गरेको हो । समुह चरणमा तीन खेल जित्दै अन्तिम ८ मा पुगेको कौस्तुभले राजश्रीको ब्याट्सम्यानहरुलाई रोक्न नसक्दा ७७ रनको पराजय भोग्दै प्रतियोगिताबाट बाहिरियो ।

तेस्रो क्वार्टरफाइनलमा ट्रीटन कलेजले समृद्धी कलेजलाई ६१ रनले पछि पार्यो । दिनको अन्तिम खेलमा पेन्टागन कलेजले कसमस बिरुद्ध फराकिलो जित हासिल गर्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो । १८ ओभरमा १८१ रनको बिशान योगफल तयार गरेको पेन्टागनले कसमसलाई ३८ रनको झिनो स्कोरमा  रोक्दै १४३ रनको जित हासिल गरेको हो ।

मंगलबार हुने प्रतियोगितको सेमिफाइनलमा काठमाडौं कलेज अफ म्यानेजमेन्टले राजश्रीको सामना गर्नेछ भने पेन्टागन कलेज र ट्रीटोन आमने सामने हुनेछन्। फाइनल खेल पनि मंगलबारनै हुने कार्यक्रम रहेको छ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.