11 months ago
January 19, 2025
सुमन अधिकारी, बुटवल
भैरहवामा जारी ‘ए’ डिभिजनको रुपन्देही सुपरलिग क्रिकेटमा आइतवार मेलवर्न क्रिकेट क्लब (एमसिसी) ले जेआर क्रिकेट क्लबलाई पराजित गरेको छ ।
सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जेआर क्रिकेट क्लब ६२ रनमा अल आउट भएको थियो।
६३ रनको लक्ष्य पाएको मेलवर्नले विकेट नगुमाई पूरा गरेको हो ।
मेलवर्नका विपिन आचार्यले ४ तथा रमेश कुर्मी, इकलाख अहम्मद वारिस र सन्दीप रजालीले समान २ विकेट लिए।
मौसमका कारण ३२ ओभरमा छोट्याइएको खेलमा जिआरले ३१.५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ६२ रन बनाएको थियो । टोलीका विनय जिसीले १८ र कुशल भूर्तेलले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
जवाफी ब्याटिङ गरेको मेलवर्नले ११.२ ओभरमा विना क्षति ६३ रन बनायो । टोलीका अमन खनालले
२७ र आदित्य यादव २१ रन नटआउट रह्यो । खेलमा विपिन आचार्य प्लेयर अफ द म्याच घोषित भए ।
रुपन्देही क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको विजेता टोली १ लाख १ रुपैयाँ र दोस्रो टोलीले ५० हजार १ रुपैयाँ प्राप्त गर्नेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]