default_image

9 years ago

February 21, 2017

पेन्टागनलाई अल्टिमेट अन्तर कलेज इन्डोर क्रिकेट उपाधि

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रोमाञ्चक फाइनलमा राजश्री जनक कलेजलाई १३ रनले हराउँदै पेन्टागन कलेजले मंगलबार अल्टिमेट अन्तर कलेज इन्डोर  क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पेन्टागनले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ ।
ultimate-cricket

टस जितेर पहिले ब्याटिङ रोजेको पेन्टागनले निर्धारित १८ ओभरमा १ सय २९ रन जोडेको थियो । १ सय ३० रनको लक्ष्यलाई रक्षा गर्दै पेन्टागनले राजश्री लाई १ सय १६ मा रोक्न सफल भएको थियो । पेन्टागनका लागी २६ रन जोड्नुका साथै१ विकेट पनि लिएका दिपेन्द्र मैनाली फाइनलको म्यान अफ द म्याच भए ।

त्यसअघि फाइनलमा स्थान सुरक्षित बनाउन पेन्टागनले आजै भएको दोस्रो सेमिफाइनलमा १ सय ८४ रन जोडेको थियो । १ सय ८६ रनको लक्ष्य पछ्याएको ट्रिटोनले बीचमै खेल छाडेपछि पेन्टागन स्वतः फाइनल पुगेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा राजश्रीले काठमाडौं कलेज अफ म्यानेजमेन्टलाई ३२ रनले पाखा लगाउदै फाइनलको यात्रा तय गरेको थियो ।

फाइनलमा म्यान अफ द म्याच बनेका दिपेन्द्र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत घोषित भए । प्रतियोगिताका दुई अलग खेलमा ५ विकेट लिन सफल कौस्तुभ कलेजका प्रकाश बिष्ट उत्कृष्ट बलर र पेन्टागनका नरेश बुढायर उत्कृष्ट ब्याट्सम्यान चुनिए ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.