default_image

9 years ago

February 21, 2017

भारत भ्रमणपछि मात्र क्रिकेट टोलीको अन्तिम छनोट हुने

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिनाको अन्त्यमा केन्याविरुद्ध हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि खेलाडीको अन्तिम छनोट भारत भ्रमणपछि मात्र हुने भएको छ । भारत भ्रमण जानु तीन दिनअघि बुधबार तीन सदस्यीय खेलाडी छनोट समितिले प्रशिक्षणमा रहेका २४ बाट १९ खेलाडीको नाम तय गरेको छ ।

Nepal Cricket Team vs Oman (5)

पछिल्लो छनोटबाट विक्रम सोब, अमित श्रेष्ठ, दीपेश श्रेष्ठ, कुशल भुर्तेल र सुसान भारी बाहिरिएका छन् । अन्तिम तयारीका लागि शुक्रबार भारत प्रस्थान गर्ने तयारीमा रहेको नेपाली टोलीमा हाल १९ खेलाडी रहेका छन् । १९ मध्ये कप्तान पारस खड्काले भने भारत भ्रमण गर्ने छैनन् । पेटको उपचारपछि पारस अहिले घरमै आराम गरिरहेका छन् ।

भारत भ्रमणपछि अन्तिम १४ र वैकल्पिक ४ खेलाडीको छनोट गरिने नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए । भारत भ्रमणबाट फागुन २० मा फर्कने नेपाली टोलीले फागुन २८ र ३० गते केन्याविरुद्ध दुई खेल खेल्नेछ । केन्याविरुद्धको खेलअघि भारत भ्रमण फलदायी हुने मुख्य प्रशिक्षक टमाटाको विश्वास छ ।

‘लामो समयदेखि हामी तयारीमा छौं । तयारी सन्तोषजनक भइरहेको छ’ छनोट समितिका सदस्य समेत रहेका टमाटाले भने, ‘केन्यासँग खेल्नुअघि भारत भ्रमणमा हामी अन्तिम तयारी गर्नेछौं । त्यहाँको प्रदर्शनका आधारमा अन्तिम छनोट हुनेछ ।’ भारत भ्रमणका दौरान ओपनरको तय गर्न सहज हुने टमाटाको विश्वास छ । उनले भने, ‘आरिफ शेख, सुनिल धमला र दीलिप नाथ मध्येबाट ओपनर छान्न छौ ।’

पारस बाहेक भारत भ्रमण गर्नेमा उपकप्तान ज्ञानेन्द्र मल्ल, मोहम्मद आरिफ शेख, दीलिप नाथ, मेहबुब आलम, मोहम्मद आसिफ शेख, सागर पुन, भुवन कार्की र शरद भेषावकर छन् । त्यस्तै अन्य सदस्यमा शक्ति गौचन, अभिनाश खान, सोमपाल कार्की, सुनिल धमला, दीपेन्द्र सिंह ऐरी, बसन्त रेग्मी, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दीप लामिछाने छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधि भेङ्कटपति राजु, नेपाली टोलीका मुख्य प्रशिक्षक टमाटा र कप्तान पारस सम्मिलित टोलीले खेलाडीको छनोट गरेको थियो । भारतको नोयडामा नेपाली टोलीले तीन वटा अभ्यास खेल खेल्नेछ । मुख्य प्रशिक्षक टामाटाका अनुसार कुन कुन टोलीसँग अभ्यास खेल्न अझै तय हुन बाँकी रहेको बताएका छन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.