9 years ago
February 22, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – रोयल केसीटिसी (काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर)को आयोजनामा यहि फेब्रुअरी २४ देखि मार्च ५ सम्म कर्पोरेट क्ल्यास २०१७ आयोजना हुने भएको छ।

१३ टोलीको सहभागिता रहने प्रतियोगिताका सबै खेल गल्फुटार स्थित रोयल केसीटिसी इन्डोरमा हुनेछ। आज भएको समुह विभाजन कार्यक्रममा सहभागी १३ टोलीलाई ३ समुहमा विभाजन गरिएको थियो।
समुह एमा ५ टोली रहेका छन् भने बि र सीमा ४/४ टोली रहने छन्। समुह ए का शिर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् भने बि र सीका शिर्ष टोली सेमीफाइनलमा खेल्नेछन्।
प्रतियोगितालाई हिमालयन टोलिभिजनको साथ रहेको छ भने को-स्पोनसरको रुपमा नागरिक र मेगा बैंक रहेका छन्। कार्यक्रममा सहभागी टोलीहरुले खेल दौरान लगाउने जर्सी पनि हस्तान्तरण गरिएको थियो।

समुहहरु:
समुह ए – पाँच टोली
एन.एस.जे.एफ
बैंक अफ काठमाडौं लुम्बिनी
रुस्लान
माछापुच्छ्रे बैंक
नेपाल लाइफ इन्स्योरेन्स
समुह बी – चार टोली
सिटिजन्स बैंक
टेलीवर्ल्ड प्रा.लि.
नागरिक
मेगा बैंक
समुह सी – चार टोली
सिभिल बैंक
आई.सि.एफ.सी
म्याक्स मिडिया
एन.आई.सि एसिया
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]