9 months ago
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डले नेदरल्याण्ड्सविरुद्ध टि ट्वान्टी आई सिरिजको खेलमा मध्यम योगफल तयार गरेको छ ।
नेदरल्याण्ड्सको सिरिजको अन्तिम खेलमा थाइल्याण्डले १ सय १० रनको लक्ष्य दिएको हो । थाइल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रनको मध्यम योगफल तयार गर्यो ।
थाइल्याण्डका लागि नान्नाफाट चैहान नट आउट रहँदै सर्वाधिक ३६ रन बनाइन् । उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् ।
पाँचौ विकेटका लागि चैहान र चानिदा सुत्थीरुआंगले ६६ रनको साझेदारी गरेका थिए । सुत्थीरुआंगले २८ बलमा ४ चौकाको सहयोगमा ३२ रन जोडिन् । कप्तान नारुइमोल चाइवाईले २६ बलमा १५ रन जोड्दा सुवानान खियाओतोले नट आउट १० रन जोडिन् ।
थाइल्याण्डले पछिल्लो ५ ओभरमा ४६ रन जोडेको थियो । नेदरल्याण्ड्सका लागि आइरिस विलिङले ३ तथा हेटर सिगर्सले २ विकेट लिइन् । सिरिजमा थाइल्याण्ड पाँचौ जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्सविरूद्ध खेलेका दुवै खेलमा जित हासिल गरेको थियो ।
नेदरल्याण्ड्सलाई भने उपाधी सम्भावना कायमै राख्न यस खेलमा जित अत्यावश्यक रहेको छ । नेदरल्याण्ड्सले जितेको तीनै खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको थियो ।
यस सिरिजमा भने नेदरल्याण्ड्स र थाइल्याण्ड तेस्रो पटक आमने सामने हुदै छन् । अघिल्ला दुवै भेटमा नेदरल्याण्ड्स थाइल्याण्डसँग पराजित भएको थियो ।
सिरिजमा नेदरल्याण्ड्स र थाइल्याण्डको अलावा घरेलु टोली नेपालको पनि सहभागीता रहेको छ । सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् ।
अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले आफ्नो तथा सिरिजको अन्तिम खेलमा शुक्रवार थाइल्याण्डसँग खेल्नेछ ।
November 17, 2025
काकाठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन खेल जितेर काठमाडौं गोर्खाज पहिले बलिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि जनकपुर पहिलो ब्याटिङमा उत्रने भएको छ। जनकपुर बोल्ट्स डिफेन्डिङ च्याम्पियन हो। काठमाडौंले भने गत संस्करण नेट रनरेटको आधारमा प्ले अफमा स्थान बनाउन […]
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। आज नेपाल प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ […]
November 17, 2025
एजेन्सी – फखर जमन र मोहम्मद रिजवानले अर्धशतक बनाएपछि पाकिस्तानले श्रीलंकालाई तेस्रो तथा अन्तिम ओडिआईमा ६ विकेटले हराएको छ। घरेलु टोली पाकिस्तानले सिरिज ३-० ले सिरिज जितेको छ। श्रीलंकाले दिएको २ सय १२ रनको लक्ष्य पाकिस्तानले ४४.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानले खराब सुरुआत गर्यो। ओपनर हसीबुल्लाह खान शुन्य मै आउट भएपछि टोली […]